डमरु सोनिका !

शनिबार, ०७ भदौ २०७६, १२ : १२ शुक्रवार
डमरु सोनिका !

पुर्वयुवराज पारस शाहलाई मोडल सोनिका रोकाया ‘बाघ’ सम्बोधन गर्छिन्। सोमबार त्रिभुवन विमान स्थलमा प्रहरीलाई चेकजाँचका क्रममा हातपात गरेपछि पारस विवादमा तानिए। प्रहरीले उनका छोरा र भान्जालाई चेकजाँच गर्न खोज्दा उनले प्रहरीमाथि हातपात गरेका हुन्।

त्यसै घटनामा पारसलाई समर्थन गर्दै सोनिकाले फेसबुकमा लेखेकी छन्, ‘बाघ जहिले नि बाघ नै हुन्छ, जहाँ पनि गर्जने क्षमता राख्छ। बिरालो सम्झेर बाघलाई जिस्क्याउने चेष्टा नगरे हुन्छ।’

उक्त पोस्ट सहितको तस्बिरमा भने सोनिका डमरुसरह बाघको अँगालोमा देखिन्छिन्। उनी बाघका दुई पञ्जाले घेरिएकी छन्। अब डमरुलाई बाघको पञ्जासँग केको डर ?

Leave A Comment