बिहे तस्बिरमा दंगै छवि शिल्पा

शनिबार, ०७ भदौ २०७६, ०१ : २४ शुक्रवार
बिहे तस्बिरमा दंगै छवि शिल्पा

सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेसँगै मिडियामा शिल्पा र निर्माता छविराज ओझाको बिहेका तस्बिर भाइरल हुन थालेको छ। २०७३ असार २९ गते लुकीछुपी बिहे गरे पनि उनीहरुको बिहेका तस्बिर सार्वजनिक भएको थिएन।

तर, हालै शिल्पाले भाउजू मानेकी सम्झना उप्रेती रौनियारले बिहेका तस्बिर सार्वजनिक गरेकी छन्। यसअघि कतै पनि बिहेको तस्बिर सार्वजनिक भएको थिएन।

तस्बिरमा छवि र शिल्पा निकै खुशी देखिन्छन्। शिल्पा सुन्तला रङको साडीमा सजिएको देखिन्छ भने दुलाहा छवि कालो कोटमा। तस्बिरमा दुवै दंगै देखिन्छन्।

तर वास्तविक जीवनमा यी दुई अलग्गिसकेका छन्। शिल्पाले छविलाई डिभोर्स मागेकी थिइन्। त्यसपछि भने छविकी जेठी श्रीमती हेमा ओझाले शिल्पा र छविविरुद्ध मुद्दा दर्ता गरिन्। अनुसन्धानको लागि पक्राउ पुर्जी जारी गरेपछि शिल्पा बचाउका लागि निषेधाज्ञा मुद्दा सर्वोच्च अदालत पुगिन्। अदालतले शिल्पालाई अनुसन्धानको लागि पक्राउ नगर्नु भनी आदेश दिएको छ। सर्वोच्च अदालतले छलफलका लागि भदौ १५ गते हेमा ओझा, छबि र शिल्पा बोलाएको छ।

छविले जेठी श्रीमती हेमासँग २०४१ सालमा हेमासँग बिहे गरेका थिए। त्यसपछि उनले गीताञ्जली सुनार र अभिनेत्री रेखासँग पनि बिहे गरे।

Leave A Comment