‘नेपालमा रेड लाइट एरिया चाहिन्छ’

मङ्गलबार, १० भदौ २०७६, ०१ : १८ शुक्रवार
‘नेपालमा रेड लाइट एरिया चाहिन्छ’

सञ्जय श्रेष्ठ, गायक

कुन नायक–नायिका हट लाग्छन् ?
नायक शिव श्रेष्ठ र स्वस्तिमा खड्का हट लाग्छन्।

केटीको बिहे गर्ने उपयुक्त उमेर कति होला ?
सक्षम भएपछि।

केटी कुन ड्रेसमा हट देखिन्छन् ?
मलाई त सारीमा हट लाग्छन्। सारीमा गुलाफको फूलझैँ देखिन्छन्।

नेपालमा रेड लाइट आवश्यक छ त ?
हुनुपर्छ। अहिले लुकिछिपी भइरहेको काम एउटा क्षेत्र तोकेदिएपछि त्यतै हुन्छ। त्यो राम्रो पनि हो।

सेक्स भनेको चैँ के होला ?
भगवानको पालादेखि चलिआएको कुरा हो। प्रकृतिको देन नै भन्नुपर्ला।

अनि सेक्सको बारेमा कत्तिको खुलेर कुरा गर्न सक्नुहुन्छ ?
गर्छु। आफ्नो मिल्ने साथीहरुसँग मज्जाले कुरा हुन्छ।

फ्यान त टन्नै छन् तपाईंको। सेक्स अफर आउँदैन ?
म यस्ता कुराबाट अलि टाढै बस्न रुचाउँछु।

बिहे अगाडिको सेक्स जायज कि नाजायज ?
उमेर पुगेको छ र मन मिलेको छ भने जायज।

तपाईंसँग कत्तिको सेक्स पावर छ जस्तो लाग्छ ?
सामान्य, स्वस्थ मान्छेको जति हुन्छ, त्यत्ति छ।

कस्तो टाइपकी केटीमा नजर पर्छ ?
पातली र गोरी।

मान्छेको वैंश कुन उमेरसम्म रहन्छ ?
तन बूढो भए पनि मन बूढो हुन्न।

अहिलेको पुस्तालाई कुनै टिप्स ?
म सेक्स गुरु त हैन, तै पनि सुरक्षित यौन सम्बन्ध गर्नु राम्रो। कसैलाई बलजफ्ती नगर्नु। जबर्जस्ती गर्दा एउटा गल्तीले जीवनभर पछुताउनु नपरोस्।
प्रस्तुतिः दिनेश शाही

 

Leave A Comment