सधैँ मैले फकाउनु पर्ने, सधैँ मैले नै माफी माग्नुपर्ने, मैले नै सहनुपर्ने। यसरी कहिले सम्म चल्छ। तिम्रो गल्तीमा पनि मैले नै सहनुपर्ने। मैले तिम्रो कुन गल्तीको माफी दिइनँ। अरु केटीसँग जिस्किने, सधैँ मसँग झुटो बोलेर अरु केटीसँग घुम्न जाने। घुम्नु सम्म त सहेकै थिएँ अझ अरुसँग तिम्रो शारीरिक सम्पर्कलाई पनि मैले सहजताको साथ लिइदिनुपर्ने?
श्रीमानको पनि आ–आफ्नो दायित्व हुन्छ, आफ्नो दायित्व पूरै भुलेर ममाथि हर कुरामा प्रहार गरिरहने। म सधैँ तिमीसँग थिएँ तर तिमीले भुइँको फूल जसरी कुल्चिएर हिँड्यौँ। तैपनि आशा थियो बद्लिन्छौ कि भन्ने तर म भ्रममा रहेँछु। यो भ्रम आजबाट तोडेँ। रुँदैरुदैँ हाम्रो सम्बन्ध तोड्ने निर्णय गरेकी छु।
Leave A Comment