मस्तिष्कको व्यायाम

बुधबार, ११ भदौ २०७६, १२ : ०२ शुक्रवार
मस्तिष्कको व्यायाम

डा. डीबी सुनुवार
अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी

मुख्य रुपमा जीवनको ज्ञान दिने अंग मस्तिष्क हो। मस्तिष्क मानव शरीरको सबैभन्दा संवेदनशील र महत्वपूर्ण अंग हो। मस्तिष्क शरीरको ‘मास्टर ब्यान्ड’ हो। मस्तिष्कले नै व्यक्तिलाई शारीरिक तथा मानसिक रुपमा नियन्त्रण र परिचालित, परिस्कृत गर्छ।

मस्तिष्क टाउकाको हड्डीभित्र रहेको हुन्छ। क्रिम रंगमा देखिने मस्तिष्क कोमल हुन्छ। शरीरका सम्पूर्ण कोषिका मस्तिष्कबाट फैलिएका हुन्छन्। त्यसैले मस्तिष्कको कुनै कोषिकामा असर परेको खण्डमा व्यक्तिको शारीरिक अंगमा समस्याको जोखिम हुन्छ। उदाहरणको रुपमा पक्षाघात हुँदा मस्तिष्कमा भएको चोटका कारण व्यक्तिको हात खुट्टै नचल्नेसम्मको अवस्था निम्तिन्छ। मस्तिष्कमा ठोकिँदा मात्रै हैन मस्तिष्कमा सहज रुपमा रक्तसञ्चार नहुँदा पनि मस्तिष्कका नसा चुँडिएर वा फुटेर मस्तिष्कमा चोट लाग्छ। जसलाई मस्तिष्काघात भनिन्छ। मस्तिष्कका नसा शरीरमा विपरीत क्रस किसिमले फैलिने भएकाले एकपट्टि मस्तिष्काघात हुँदा शरीरका अर्को पट्टिका अंग प्यारालाईसेस हुन्छन्। यो त भयो मस्तिष्कमा समस्या भएको खण्डमा व्यक्तिको शरीरमा पर्ने असर।
अब जानौँ कसरी मस्तिष्क अस्वस्थ र कमजोर हुन्छन् भन्ने विषयमा:

मस्तिष्क अस्वस्थताका कारण
मस्तिष्क अस्वस्थ हुने ७५ प्रतिशत कारण तनावपूर्ण जीवनशैली नै हो। असन्तुलित खानपान, व्यायामको कमी, कामगर्ने गलत वातावरणलगायतका कारण तनाव उत्पन्न हुन्छ। स्वस्थ किसिमको खानपान गरे पनि चिन्ता र पिर लिएर खाएको खण्डमा खाना नपच्दा मस्तिष्कमा असर पुग्छ। अस्वस्थ खानपानले मस्तिष्कमा बोसोलगायत विकार जम्दा राम्रो रक्तसञ्चार हुन नपाई आवश्यक पोषण तथा अक्सिजन मस्तिष्कसम्म पुग्न सक्दैन। यसरी आवश्यक पोषण तथा अक्सिजन नपुग्दा मस्तिष्कको कार्य क्षमतामा कमी आउँछ। जसले शरीरका अन्य अंगको कार्य क्षमता समेत निष्क्रिय हुँदै जान्छ। त्यसैले मस्तिष्क तथा शारीरिक मजबुतिका लागि सन्तुलित रुपमा पोषणतत्व खानु पर्छ।

मस्तिष्क अस्वस्थ हुने ७५ प्रतिशत कारण तनावपूर्ण जीवनशैली नै हो। असन्तुलित खानपान, व्यायामको कमी, कामगर्ने गलत वातावरणलगायतका कारण तनाव उत्पन्न हुन्छ। स्वस्थ किसिमको खानपान गरे पनि चिन्ता र पिर लिएर खाएको खण्डमा खाना नपच्दा मस्तिष्कमा असर पुग्छ।

सम्पूर्ण शरीरको सूचना, खुसी, दुःखलगायत मस्तिष्कले महसुस गर्छ। मस्तिष्कले केही न केही काम गरेकै राम्रो। दिमाग खाली राखे नकारात्मक सोच उत्पन्न हुन सक्छ। जसले व्यक्तिलाई निराश बनाउँछ।

रक्तसञ्चारको गडबढीले तनाव
स्वस्थ र षोषणयुक्त खानपानले मात्रै मस्तिष्क स्वस्थ र मजबुत हुँदैन। यसका लागि तनावरहित जीवनशैली बाँच्न आवश्यक छ। शरीरको अधिकांश रोगको जड तनाव हो। तनावले मस्तिष्कलाई प्रत्यक्षरुपमा नकारात्मक असर गर्छ। तनावका कारण हाम्रो विचारमा नकारात्मक सूचना आउँदा निराश उत्पन्न हुन्छ।

तनाव हुँदा मस्तिष्कका नसा तन्कन्छन्। नसा नत्कनु तनाव हो। यसरी नसा तन्कँदा नसा लचिलो हुँदैन। नसै लचिलो नभएपछि  कित रक्तसञ्चारमा अवरोध हुन्छ। यात नसा फुट्ने जोखिम हुन्छ। यस्तो समस्याले सहज रुपमा रक्तसञ्चार नहुँदा मस्तिष्कले आवश्यक मात्रामा पोषण तत्व पाउँदैन। यसरी पोषण तत्व नपाउँदा मस्तिष्कको कार्यक्षमता बिस्तारै  निस्क्रिय हुँदै जान्छ।

मस्तिष्कको कार्यक्षमतामा कमी हुनाले डिप्रेसन हुने, स्मरणशक्ति कम हुँदै जाने, नकारात्मक सोच आउने, निद्रा नलाग्ने, काममा ध्यान नपुग्नेजस्ता समस्या उत्पन्न हुन्छन्। जसले व्यक्ति शारीरिक तथा मानसिक रुपमा स्वस्थ र सक्रिय नहुने जोखिम हुन्छ। तनावपूर्ण पेशा गर्नाले पनि रक्तसञ्चारमा  नकारात्मक असर पुग्दा व्यक्तिमा तनाव उत्पन्न भई नकारात्मक मानसिकता पैदा हुन्छ। जसको कारण व्यक्ति मानसिक रोगको सिकार भएर आत्महत्या गर्नेसम्मको अवस्थामा पुग्ने जोखिम हुन्छ।

मस्तिष्कमा आवश्यक पोषण तत्व पूर्णरुपमा नपुग्दा मस्तिष्क अस्वस्थ भई मस्तिष्कको मृत्युसमेत हुन पुग्छ।

त्यसो भए मस्तिष्क स्वस्थ र मजबुत हुन आवश्यक छ भन्ने त थाहा पाइहाल्यौँ। कसरी स्वस्थ, मजबुत र सक्रिय राख्न सकिन्छ। यसको बारेमा पनि जानौँ न त।

सक्रिय बनाउने ज्ञान
सन्तुलित खानपानले मस्तिष्क स्वस्थ हुन्छ। सकभर स्वस्थ मस्तिष्कका लागि शाकाहारी भोजन गर्नु नै उपयुक्त हुन्छ। मस्तिष्कलाई माछा–मासुले फाइदा गर्ने भए पनि मस्तिष्कमा पुग्ने पोषण तत्वमा भने बोसो जम्दा रक्तसञ्चार प्रक्रियामा अवरोध आउँछ। माछामा पाइने ओमेगाले मस्तिष्क स्वस्थ र तीक्ष्ण राख्न सहयोग पुग्छ। त्यसैले सन्तुलित रुपमा माछा खानु उपयुक्त हुन्छ।

योग तथा प्राणायामले मस्तिष्क स्वस्थ तथा मजबुत राख्न सकिन्छ।  यसका लागि विशेषगरी ध्यानका केही विधि अपनाउन सकिन्छ। प्राणायामका विभिन्न विधिले मस्तिष्कसम्म पुग्ने नसालाई सक्रिय बनाएर मस्तिष्क स्वस्थ राख्न सकिन्छ।

त्यसैले त भनिन्छ, ‘योग, प्राणायाम र ध्यान गर्ने व्यक्तिलाई मस्तिष्क तथा पक्षाघातको जोखिम कम हुन्छ।’
शरीर तात्ने किसिमका विभिन्न व्यायाम तथा वामअपले प्रत्यक्ष रुपमा मस्तिष्कको व्यायाम भएको हुन्छ। त्यसैले शारीरिक परिश्रम गर्ने, नाच्ने तथा गाउनाले मस्तिष्कको राम्रो व्यायाम भएको हुन्छ। उफ्रँदा, हिँड्दा तथा दौड्दा मस्तिष्क सक्रिय हुन्छ। यसरी व्यायाम गर्दा मस्तिष्कजन्य मांशपेशीमा मालिस पुगेर मांशपेशी सक्रिय भई अक्सिजनको माध्यमबाट आवश्यक पोषण तत्व मस्तिष्कमा पुग्छ, जसले मस्तिष्क स्वस्थ र मजबुत हुनुका साथै तीक्ष्ण क्षमताको हुन्छ।

योगासनले मस्तिष्कलाई चलायमान र सक्रिय गरी वामअप गर्छ। यसरी व्यायामको क्रममा मस्तिष्क हल्लिएर तात्दा मस्तिष्क लचिलो भई सक्रिय हुन्छ।

मस्तिष्क सक्रिय बनाउन सुतेर, बसेर, उठेर गरिने विभिन्न प्रकारका ध्यान विधि अपनाउन सकिन्छ। व्यायाम मात्रै हैन जुन अवस्थामा ध्यान गर्दा पनि शरीरले आराम पाउँछ। आराम गर्दा मस्तिष्कको सक्रियता र कार्यशैली बढ्छ। जसले स्मरण शक्ति तेज हुन्छ। मस्तिष्क तेज हुने व्यक्तिले भविष्यको विश्लेषण गर्न समेत सक्छन्।

आँखा चिम्लिएर कुनै राम्रो विषयमा सोचमग्न भएर ध्यान वा प्रार्थना गर्नाले मस्तिष्कको मसिनो कोषिका (इन्ड्राइट्स) सक्रिय हुन्छन्। यसरी कोषिका सक्रिय हुँदा अझ मस्तिष्क सन्तुलित हुन्छ। व्यक्तिको बुझ्ने र सकारात्मक सोच्ने क्षमताको राम्रो विकास हुन्छ। पढ्ने–लेख्ने व्यक्तिको पनि मस्तिष्कको राम्रो व्यायाम हुने भएकाले यस्ता कोषिका सक्रिय हुन्छन्। त्यसैले सामान्यतः पढ–लेख गरेका व्यक्ति सकारात्मक सोच राख्ने र ज्ञानी हुन्छन्। बिहान ३० र बेलुका ३० मिनेट ध्यान गर्नु मस्तिष्कका लागि उपयुक्त हुन्छ।

ध्यानमा व्यक्तिको सहजताअनुसार बारम्बार सकारात्मक कल्पनाको सोच गरिन्छ। ध्यान प्राकृतिक तथा शान्त वातावरणमा गर्नु उपयुक्त हुन्छ। जसले व्यक्तिको स्मरण शक्ति बढाउँछ। कोही व्यक्ति सम्झने सक्ने तीक्ष्ण क्षमता हुनु र कसैको कम हुनुको कारण पनि हामीले अपनाइने जीवनशैली नै हो। संघर्षले मस्तिष्क सक्रिय बनाउँछ। संघर्षरत व्यक्तिको मस्तिष्क जहिल्यै सजग, क्रियाशील र श्रृजनशील हुन्छ। त्यसैले शारीरिक तथा मानसिक संघर्ष गर्ने व्यक्ति शारीरिक रुपमा मात्रै हैन मानसिक रुपमा पनि सक्रिय हुन्छन्।

मस्तिष्कको व्यायाममा नाकबाट स्वास लिँदै नाकबाटै बाहिर फाल्न सकिन्छ। यस्तो व्यायामले मस्तिष्कमा पुग्ने विकार तत्व हटाई आवश्यक पोषण तत्व पु-याउँछ।

व्यायाम मात्रै हैन मस्तिष्क स्वस्थ, मजबुत र सक्रिय राख्न केही जडिबुटीको सेवन गर्न पनि सकिन्छ। ओमेगा, बार्लि (जौँको जमरा), अश्वगन्धा, घाडताप्रे, जिन्सेङ, जिन्कोबिलोबा, स्पिरुलिनाजस्ता जडिबुटी सन्तुलित रुपमा खानाले मस्तिष्क स्वस्थ राख्न सकिन्छ।

प्रशस्त पानी त पिउनै प-यो। पारिवारिक रुपमा पनि स्वस्थ हुनु पर्छ जहिल्यै सकारात्मक सोच्नाले मस्तिष्क स्वस्थ भई तीक्ष्ण क्षमताको हुन्छ।
प्रस्तुतिः उपेन्द्र खड्का
 

 

Leave A Comment