लक्की मिरुना

बुधबार, ११ भदौ २०७६, ०२ : ३६ शुक्रवार
लक्की मिरुना

अभिनेत्री मिरुना मगरले ‘लालपुर्जा’बाट रजतपटमा डेब्यु गरिन्। डेब्यु फिल्मपछि पनि ‘लाहुरे’ र ‘रोज’मा चान्स पाएकी नै हुन्। तर फिल्म फ्लप भए। हालै उनी अभिनित फिल्म ‘साइनो’ प्रदर्शनमा आयो। तर फिल्मले बक्स अफिसमा राम्रो छाप छोडेन।

‘रोज’मा अभिनेता प्रदीप खड्काको अपोजिटमा देखिएपछि उनलाई दर्शकले नोटिस गरेका थिए। तर त्यसले मात्र के हुन्थ्यो र। उनले अभिनय गरेको एकपछि अर्को फिल्म बक्स अफिसमा नराम्रोसँग पिटियो।

तै पनि उनलाई फिल्मको अफर भने आइनै रहेको छ। लगातार फिल्म फ्लप भइरहँदा पनि उनको माग रोकिएको छैन। यो मामिलामा उनलाई लक्की नै मान्नुपर्छ। अब उनको आश साम्तेन भुटिया निर्देशित ‘चच हुँइ’मा  देखिन्छ। भुटिया राम्रो फिल्म बनाउने मेकरको रुपमै लिन्इन्छ।

तर अहिले नेपाली फिल्मको माहौल राम्रो छैन। यस्तो बेलामा भुटियाको फिल्मले मिरुनाको डुब्नै लागेको अभिनय यात्राको डुंगा डुब्ला या पार लगाउँदा त्यो फिल्म रिलिज भएपछि नै खुल्ला।

Leave A Comment