ज्योतिको संन्यासी रहर

बुधबार, ११ भदौ २०७६, ०२ : ४४ शुक्रवार
ज्योतिको संन्यासी रहर

ज्योति मगर आफूलाई लाइन नमार्ने सबै केटालाई राखी बाँध्न चाहन्छिन् । हालै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखिन् ‘यति राम्री र कुमारी केटीलाई पनि लाइन नदिने केटालाई आज म राखी बाँध्न चाहन्छु, कोही छ ? 

अहिलेसम्म अविवाहिता छिन् ज्योति । अब परिवारले पनि बिहेका लागि कर गर्दा हुन् । तर, उनको बिहे जुरेको छैन । अन्य कलाकार जस्तो अफेयर्सको हल्ला पनि चल्दैन उनको । सायद केटाहरुले नै वास्तै गरेनन् कि क्या हो ?

त्यसैको आक्रोश त होला रक्षा बन्धनको अवसरमा आफ्नो सुन्दरतालाई नजरअन्दाज गर्ने केटाहरुलाई राखी नै बाँध्ने घोषणा । अब अहिलेसम्म ज्योतिले कतिलाई राखी बाँधिदिइ होलिन् त्यो उनैलाई थाहा होला । अब भए भरका केटालाई राखी बाँधेर दाजुभाइ बनाउने भएपछि उनको बिहे नहुने सम्भावना बढ्यो । भनेपछि संन्यासी नै बन्ने हुन् त ज्योति ?

 

Leave A Comment