बेनिशाको पनि बिकिनी मोह

बुधबार, ११ भदौ २०७६, ०२ : ५६ शुक्रवार
बेनिशाको पनि बिकिनी मोह

अभिनेत्री बेनिशा हमाल बेला बखत चर्चामा आइरहन्छिन्। कहिले फिल्मको अभिनयले गर्दा त कहिले ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा ‘उत्कृष्ट नायिका’को पुरस्कार जितेपछि उनको चर्चा चुलिएको थियो। तर अरु अभिनेत्री जस्तो काममा उनलाई भ्याई–नभ्याई भने छैन। फुर्सदको समयमा उनी थाइल्यान्डमा बसेर क्युटक्युट तस्बिरहरु खिचाइरहेकी छन्।

आखिर थन्क्याउन त ती तस्बिर खिचिएको पक्कै होइन ! त्यसैले उनले सामाजिक सञ्जालका आफ्ना अकाउन्टमा धमाधम पोस्टसमेत गरिन्। पोस्ट्याएपछि अहिले उनको चर्चा अझ थपिनु स्वाभाविकै भयो।

हाम्रा कलाकार विदेशी समुद्र पुग्नै हुँदैन। लुगा खोलेर तस्बिर खिच्न थालिहाल्छन्। त्यसपछि धमाधम ती तस्विर सार्वजनिक गर्न थालिहाल्छन्। यस पटक अरुकै शैली फलो गर्दै बेनिशा हमालले थाइल्याण्डमा रमाइरहेको बिकिनी तस्बिर सार्वजनिक गरिन्। उनले सार्वजनिक गरेको तस्बिरमा कहिले कालो बिकिनीमा अनुहार छोप्दै गरेको त कहिले स्विमिङ पुलमा रमाउँदै गरेको तस्बिर बाहिरिएका छन्।

बेनिशाले फिल्ममार्फत् दर्शकलाई मनोरञ्जन दिन नसके के भो र ? कम्तीमा यस्ता तस्बिरले नै भए पनि मनोरञ्जन दिइरहेर उनको न्यास्रो मेटिदिएको त छिन् नि ? कि कसो ?

Leave A Comment