भाइरल बन्ने मन

बिहिबार, १२ भदौ २०७६, ०३ : ५३ शुक्रवार
भाइरल बन्ने मन

अहिले कलाकार कुनै न कुनै तरिकाले भाइरल हुने तीव्र इच्छामा हुन्छन्। कोही विदेश गएको मौकामा बिकिनीमा तस्बिर खिचाएर भाइरल हुन्छन् त कोही ब्वाइफ्रेन्डसँग मस्ती गरिरहेको तस्बिर सार्वजनिक गरेर सामाजिक सञ्जालमा हिट हुने मनशाय राख्छन्। कुनै समय जे गरे पनि भाइरल हुने गरेकी अभिनेत्री सुष्मा कार्की अहिले सेलाएकी छन्। उनी सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट सेलाएपछि  फेरि भाइरल हुने इच्छा गरेकी छन्।  

उनले सामाजिक सञ्जाल फेसबुकमा सामाजिक सञ्जालमा हट अवतारको फोटो अपलोड गरेर उनले क्याप्सन लेखेकी छन्, ‘अब यो पनि भाइरल !’

यसरी लेखेपछि पहिलाकै जस्तो दर्शकले रुचाउलान् र फिल्ममेकरले पत्याइदेलान् भन्ने उनलाई लागेको देखिन्छ। यति मात्र होइन, उनलाई फेरि एकपटक भाइरल हुन मन लागेको देखिन्छ।

फिल्म क्षेत्रबाट गुमनाम जस्तै भएकी सुष्माको उनको हातमा बल्ल बल्ल ‘पटाहा फडिन्द्रे’ फिल्म हात परेको छ। जसका कारण होला उनलाई यसको माहोल तताउनका लागि भए पनि उनले दर्शकका लागि टुच्च भाइरल तस्बिर दिएकी हुन् कि !

Leave A Comment