अनमोलकी नयाँ हिरोइन

शनिबार, २२ साउन २०७३, ११ : २३ शुक्रवार , Kathmandu
अनमोलकी नयाँ हिरोइन

युवा अभिनेता अनमोल केसीले आफ्ना चारवटै फिल्म ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’मा नयाँ–नयाँ हिरोइनसँग काम गरे । उनको पाँचौँ फिल्म ‘कृ’का लागि पनि नयाँ हिरोइनकै खोजी भइरहेको थियो । जसका लागि मोडल अदिति बुढोथोकी फाइनल भएकी छिन् । अभिनेता भुवन केसी र सुवास गिरीले संयुक्त रूपमा निर्माण गर्ने यो फिल्मको हिरोइन बन्नका लागि निवेदन दिएका ३० मध्ये १० जना अडिसनमा सहभागी थिए । जसमध्ये अदिति छानिएकी हुन् । झापास्थित दमक घर भएकी अदितिले भारतीय म्युजिक कम्पनी सोनी म्युजिकबाट बन्न लागेका तीनवटा म्युजिक भिडियोमा काम गर्नका लागि सम्झौता गरिसकेको बताइन् । उनी मोडलिङमा सक्रिय छिन् । सुरेन्द्र पौडेलले निर्देशन गर्ने ‘कृ’को छायांकन माघबाट सुरु हुने बताइएको छ ।

Leave A Comment