यौनमा पुरुषको संवेदनशीलता

मङ्गलबार, १७ भदौ २०७६, १२ : ३६ डा. दिनेश बाँस्ताेला
यौनमा पुरुषको संवेदनशीलता

यौन जोडीले यौन क्रियाकलाप गर्दा यौन जोडीको शारीरिक तथा मानसिक अवस्थामा बडो ध्यान दिनुपर्छ। यौन क्रियाकलाप संवेदनशील भएकाले यौन क्रियाकलाप तथा सम्पर्कको समयमा संवेदनशीलता अपनाउनुपर्छ। महिलाले शिशुलाई स्तनपान गराइरहेको अवस्थामा त झन् महिलाले मात्रै हैन पुरुष यौन जोडीले विशेष ख्याल गर्नुप-यो।

उत्तेजना र कामवासना
सुत्केरी अवस्थामा उच्च र न्यून समयको कामवासनाले गर्दा उतारचढाव भइरहन्छ। सुत्केरी अवस्थामा महिला स्वयं आफैँ यौनजन्य क्रियाकलाप गर्ने वा नगर्ने भन्ने विषयमा अनिर्णित हुन्छन्। शारीरिक दुखाइ, मानसिक थकान र परम्परागत सोच र सामाजिक संस्कारले  यौनजोडीलाई यस्तो अवस्थामा यौन सम्पर्क गर्ने वा नगर्ने भन्ने विषयमा बाँधेको हुन्छ। यसको अर्थ सामान्यतः सुत्केरी अवस्थामा पनि  महिलामा यौन चाहना हुन्छ।

महिलाको कामवासनाको सांकेतिक र स्तनको अर्थ उनी र उनकै यौन जोडीमा भर पर्छ। पुरुष यौन जोडीले महिलाले स्तनपान गराएको अवस्थामा यौन सम्पर्क गर्दा निकै ख्याल गर्नुपर्छ।

महिलाका लागि स्नतपान गराउनु भनेको प्राकृतिक हो। अर्कोतर्फ महिलाका लागि जैविक कार्य हो। यौनजन्य क्रियाकलापको विरोधाभासलाई समेत अथ्र्याएको पाइन्छ। एकातर्फ स्तनपान गराउनुलाई स्वाभाविक रुपमा लिइन्छ। अर्कोतर्फ शरीरको बनोट बिग्रन्छ भन्ठान्ने पाइन्छ। स्नतपान गराउँदा शरीर पहिलाको अवस्थितिमा नआउने धारणाले समेत महिला ग्रसित भएको पाइन्छ। तर यो वास्तविकता भने हैन। स्तनपान गराउँदैमा शारीरिक सुन्दरतामा असर पुग्छ भन्ठान्नु गलत हो।

स्तनपानको क्रममा आमा र नवजात शिशुको ताल मिल्दा आमा यौनजन्य उत्तेजनामा पुग्छिन्। स्तनपान र निद्राको प्रकरण (प्याट्रन) बिग्रँदा यौन चाहना तथा कामना कम हुन्छ। शारीरिक तथा मानसिक रुपमा थकान हुँदा यस्तो हुन्छ।

पुरुषको संवेदनशीलता
कतिपय महिलाले स्तनपानमा आनन्द र रमाइलो लिन सक्दैनन्। किनकि कतिपय आमाले आफ्नो शिशुले स्तनपान गर्दा स्तनको मुन्टो चुस्दाको संवेदनशीलतालाई सहज रुपमा लिन मन पराउँदैनन्। त्यसैगरी कतिपय महिलाले नवजात शिशुको छाला र आफ्नो शरीरको छालाको सम्पर्कले ल्याउने उत्तेजना मन पराउँदैनन्।

त्यसैले पुरुषले पनि महिला यौन जोडीसँग यौन क्रियाकलाप गर्ने क्रममा महिलाको स्तन चलाउँदा होस पु-याउनुपर्छ। जथाभावि स्तन चलाउनु हुन्न  जथाभावि स्तन चलाउँदा दुखाइका कारण महिला रिसाउन सक्छिन्। यस्तो अवस्थामा महिलाले पुरुषलाई नकारात्मक सोच्न सक्छिन्। जसले नकारात्मक भाव पैदा भई यौन जीवनै अस्तव्यस्त हुन पुग्छ।

त्रसित महिला
कतिपय अवस्थामा स्तनपानको क्रम र यौन जोडीको यौन क्रियाकलापको क्रममा महिला त्रसित हुन पुग्छन्। विगतमा महिलालाई यौनजन्य दुरुपयोग भएको अवस्थामा महिला त्यस्ता घटनाको सम्झनाले त्रसित हुन्छन्। त्यति मात्रै हैन विगतमा महिलाको नजिकको नाता (सगोत्र तथा हाड नाता) मा सम्भोग भएको हुन सक्छ। यस्तो अवस्थामा महिला आफ्नो शिशुलाई स्तनपान गराउँदा होस् वा यौन जोडीसँग यौन क्रियाकलाप गर्दा नै किन नहोस् यस्तो सम्भोगको सम्झनाले त्रसित हुन्छन्। सामान्यतः महिलाले नजिकको हाडनाता तथा सगोत्रीबाट जन्मिएको शिशुलाई स्तनपान गराउन मन पराउन्नन्। यस्तो अवस्थामा पुरुष यौन जोडीले महिलालाई माया ममता दिनु आवश्यक हुन्छ। यौनका दृष्टिले मात्रै हेर्नु हुन्न।

पुरुषको भद्रता
महिलाले नवजात शिशुलाई स्तनपान गराउनु त छँदैछ। कतिपय महिलाले स्तनपान गराउने क्रममा यौनजन्य अनुभव पनि लिएका हुन्छन्। तर यस्ता कुरामा भने सामान्यतः महिला खुल्दैनन्। महिलाको स्तन दूधले भरिएको छ वा दूधको मुन्टोबाट दूध चुहिएको छ भने महिलाको स्तन नै असहज अवस्थामा हुन्छ। यस्तो अवस्थामा कामोत्तेजना भएको खण्डमा महिलाले शिशुलाई स्तनपान गराएर वा स्तनलाई कुनै कपडाले ढाकेर समस्याको समाधान गर्न सकिन्छ।

यसरी कामोत्तेजना भएको खण्डमा यौन जोडीसँग यौन क्रियाकलाप गरेर पनि यौनानन्द लिन सकिन्छ। महिला यौन जोडीको स्तनमना दूध भरिएको अवस्थामा पुरुषले महिलाको सामान्य अवस्था जस्तै गरी स्तन माड्नु भने हुन्न। बेसरी माड्दा स्तनबाट दूध झर्नेलगायतको समस्या हुन्छ।  बरु त्यस्तो अवस्थामा पुरुषले भद्रताका साथ स्तन हातले सुम्सुमयाउनु उचित हुन्छ।

सामान्यतः यस्तो अवस्थामा पुरुषले महिलाको स्तन हातले हल्का गरी उचाल्दा, समात्दा, बिस्तारै चलाउँदा महिला यौनजन्य रुपमा कामुक हुन पुग्छन्। पुरुष यौन जोडीले यसरी भलाद्मी तरिकाले हल्का किसिमले महिलाको स्तन चलाउँदा तथा सुम्सुम्याउँदा, हिफाजात गर्दा महिलाले आनन्द लिन सक्छन्।

यौन जोडी पुरुषले जथाभावि महिलाको स्तन चलाउनाले महिलामा असहजता उत्पन्न हुनुका साथै दुखाइका कारण कामोत्तेजनामा समेत अवरोध आउँछ। महिलामा कामोत्तेजा नै नआएको अवस्थामा त्यस्ता यौन जोडीको सुखद् यौन हुन मुश्किल पर्छ।

दूध चुस्नु हुन्न
पुरुष यौन जोडीले हातले महिलाको स्तन चलाउँदा मात्रै हैन सामान्यतः मुखले हल्का किसिमले स्तन चलाउँदा पनि महिलाले आनन्द लिन सक्छन्। यसरी पुरुष यौन जोडीले महिलाको स्तन चलाउँदा पुरुषले स्तनपान गर्नु भने हुन्न। आमाको दूध शिशुलाई नै चुसाउनु पर्छ। मानवीय स्वभाव अकल्पनीय हुने भएकाले यौन जोडी पुरुषले नै स्तनपान गर्ने बानी बसेको खण्डमा शिशुका लागि त्यो, दुर्भाग्य हुन्छ। यसरी स्तनपान गराइरहेकी महिलाको दूध पुरुष यौन जोडीले चुस्ने बानी परेको खण्डमा शिशु कुपोशित हुने जोखिम हुन्छ। जसको कारण शिशुलाई शारीरिक तथा मानसिक दबाब पर्न गई शिशुको वृद्धि–विकास सामान्य रुपमा हुन पाउँदैन। शिशुलाई मात्रै हैन स्तनपान गराउन नपाउँदा आमालाई पनि दबाब सृजना हुन्छ। मुखले स्तनमा चुम्बन गरे पनि पुरुष यौन जोडीले दूधै चुस्नु भने हुन्न।

महिलाले आफ्नो यौन जोडी पुरुषलाई हिफाजत गरेर यौन क्रियाकलाप गरोस् भन्ने चाहन्छन्। यो कुरा पुरुष यौन जोडीले बुझ्न आवश्यक हुन्छ। पुरुष यौन जोडीले संवेदनहीन रुपमा स्तनपान  गराइरहेकी यौन जोडी महिलासँग यौन क्रियाकलाप गर्दा महिला भने पुरुष यौन जोडी र शिशुको दोहोरो दबाबमा पर्न जान्छिन्। यस्तो संवेदनशीलतामा पुरुषले ध्यान नदिए महिलामा त्यस्ता पुरुषप्रति नकारात्मक भाव उत्पन्न हुन पुग्छ। जसले यौन जोडीको दूरीसमेत टाढा हुने जोखिम हुन्छ।

शारीरिक, शरीर क्रिया उत्तेजनाजन्य, सामाजिक मनोविज्ञान, यौनजन्य र यौन जनेन्द्रीय  स्तनपान सँगसँगै जोडिएको हुन्छ। आमाको अत्यधिक माया–ममता नवजात शिशुप्रति देखिएमा कतिपय पुरुष यौन जोडीले आरिससमेत गर्न सक्छन्। यस्तो अवस्थामा पुरुष यौन जोडी (श्रीमान्) ले आफ्नी यौनजोडी महिलासँग आक्रोशित हुने, वैकल्पिक यौन जोडी रोज्नेजस्ता व्यवहार गर्न पुग्छन्। कतिपय अवस्थामा पुरुषले नवजात शिशुको जन्म भएपछि महिला यौन जोडीबाट एक्लिएको अनुभूति र अनुभव गर्छिन्। पुरुषले श्रीमतीबाट माया–ममता नपाएको अनुभूति गर्छन्। एक त पुरुषले यस्तो सोच बनाउनु नै हुन्न। अर्कोतर्फ यस्तो समस्याबाट बच्नका लागि महिलाले जहिले पनि आफ्नो स्तन कपडाले ढाकेर शिशुलाई स्तनपान गराउनु पर्छ। पुरुष यौन जोडीसँगै बसेर स्तनपान नगराउने अर्को उपाय हो। पुरुष–महिला यौन जोडीले शिशुलाई स्तनपान गराइरहेको अवस्थामा आपसी सहमतिमा संवेदनशील भएर यौनको व्यवस्थापन गर्नुपर्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment