दर्शकसँग साम्राज्ञीको सेल्फी

मङ्गलबार, १७ भदौ २०७६, ०१ : ५२ शुक्रवार
दर्शकसँग साम्राज्ञीको सेल्फी

अहिलेकी चर्चामा रहेकी अभिनेत्री साम्राज्ञीको नयाँ फिल्म आउँदैछ। यो फिल्मको विशेषता के हो भने आफूलाई नेपाली टिपिकल युवतीको भूमिका गर्न मन पर्दैन भनेर हल्ला पिटाउने तर फेरि त्यस्तै भूमिकाका लागि मरिहत्ते गरेर फिल्म खेल्ने उनको नमूना फिल्म हो।

फिल्म प्रमोसनका लागि आयोजन गरिएका कन्सर्टमा अभिनेता पुष्प र साम्राज्ञीले फिल्मका गीतहरु ‘जाम न माया जाम’ र ‘सक्दिनँ म बाँच्न’मा नाचेको भिडियो जताततै पाइन्छ।

पूर्व इटहरीबाट सुरु भएको उनको फिल्मी प्रचार अहिले नेपालगञ्जसम्म पुगेको छ। साम्राज्ञीको दर्शक तान्ने प्रयास स्वरुप दर्शकसँग खिचाइएका यी सेल्फीले दर्शक तान्लान् त ? शंका प्रशस्त छ तर निर्माताहरुको पनि त चित्त बुझाउनु प¥यो नि ! कि कसो ?

Leave A Comment