आफ्नो गसिप पढेर आफैँ दंग पुष्प

मङ्गलबार, १७ भदौ २०७६, ०२ : ०४ शुक्रवार
आफ्नो गसिप पढेर आफैँ दंग पुष्प

फिल्म क्षेत्रमा गसिप के हो र किन लेखिन्छ भनेर कमै कलाकारले मात्र बुझ्ने गरेका छन्। यस्तो बुझ्झकी अभिनेतामा पर्छन्, पुष्प खड्का। उनी आफ्नाबारे छापिएको गसिप पढेर निकै रमाइलो मान्ने गरेका छन्। खुब मज्जा मानेर पढ्छन् र अरुलाई पनि सुनाउँछन्।

यही उद्योगमा केही यस्ता कलाकार छन्, गसिप छापियो भने आकाश नै खसेझैँ कोकोहोलो मच्चाउने गर्छन्। तर पुष्पले भने अघिल्लो साताको गसिप पढेर शुक्रवारलाई धन्यवाद भन्दै म्यासेज पठाए। म्यासेज मात्र पठाएको भए यो ठूलो कुरा नै हुने थिएन। उनले त पढेर रमाइलो लागेको प्रतिक्रियासमेत दिए।
तरिका त यो पो त !

Leave A Comment