राते काइँलाको भिडियो

मङ्गलबार, १७ भदौ २०७६, ०२ : ११ शुक्रवार
राते काइँलाको भिडियो

नेपाली कलाकारहरु म्युजिक भिडियो हुँदै फिल्म क्षेत्रमा प्रवेश गर्नेको लर्कै देखिन्छ। फिल्मका खलनायक त म्युजिक भिडियोमा देखिने चान्स निकै कम हुन्छ। कम्तीमा अहिलेसम्मको अनुभवमा त्यस्तै छ।

बलिउड हुँदै नेपाली र फेरि बलिउडमा समेत अभिनय गरेका खलअभिनेता सुनिल थापा (राते काइँला)ले म्युजिक भिडियोमा पहिलो पटक अभिनय गरेका छन्। त्यो पनि हिपहप गीतमा ! ‘झ्याम पुतली’ गीतमा उनको अभिनय पनि कम छैन बा !

विधान रेसमी मगर र नेपालको फास्ट -यापरको परिचय बनाएका बुलेट फ्लो अर्थात् सुरज विक्रम थापाले तयार पारेको गीतको म्युजिक भिडियोमा थापाले अभिनय गरेका हुन्। हुन पनि, अभिनयबाट संन्यास लिने बेलामा र नयाँ नयाँ अवतारका भिलेन देखिइरहेको अवस्थामा म्युजिक भिडियो नै सही, पर्दामा अनुहार त देखाउनै प-यो नि !

Leave A Comment