निराश स्वस्तिमा

मङ्गलबार, १७ भदौ २०७६, ०२ : २४ शुक्रवार
निराश स्वस्तिमा

गएको साता रिलिज भएको ‘हजार जुनीसम्म’ फिल्मको सबैभन्दा सशक्त औजार भनेको अहिलेकी हिट नायिका स्वस्तिमा थिइन्। उनैको बलमा प्रचार प्रसार र फिल्म चल्ने आँकलन धेरैको थियो।

स्वयं स्वस्तिमा पनि फिल्मको प्रचारमा औधि सक्रिय थिइन् ताकि राष्ट्रिय अवार्ड हात पारेपछि व्यवसायिक रुपमा पनि हिट हुने दोहोरो फाइदा हात परोस्।

तर यतिबेला फिल्मले पानीसमेत मागेन। कमजोर दर्शक उपस्थितिका कारण दोहोरो सफलता हात पार्ने स्वस्तिमाको मनशाय यत्तिकै सुस्ताउन पुग्यो।

धेरै चिन्ता नगरे हुन्छ स्वस्तिमा, यो फिल्मले सफलता नदिलाए पनि अर्को फिल्मको आशा नत्याग्नुस्। धेरै चिन्ता लिनुहुन्न क्या !

Leave A Comment