म केही बनेपछि मात्र तिमीसँग बोल्नेछु

बुधबार, १८ भदौ २०७६, १० : ५६ शुक्रवार
म केही बनेपछि मात्र तिमीसँग बोल्नेछु

बोल्दा बोल्दै माया बसेको पत्तै भएन। दुवैले एकअर्कालाई पछिको कुरा यादै नगरी माया गरियो। दुवैको बाटो फरक भए पनि मिलाउँदै जाने आँट ग-यौँ। म अलि हावा थिएँ,  तिमी अलि सोझी। तर तिमी र मलाई घुम्न केहीले रोकेन। घर परिवारलाई बहाना बनाउन थालियो। घामपानी नभनी हिँडियो। हाम्रो सानोतिनो झगडा नपर्ने होइन तर त्यसले सम्बन्धमा कहिल्यै फरक पारेन। हाम्रो प्लस टु सकियो। मेरो घरमा त मैले केही कुरा पनि लुकाउँदिनँ, तिम्रोमा भने दिदीलाई मात्र थाहा थियो।

केही समयपछि हामी लङ डिस्टेन्स रिलेसनमा रहन थाल्यौँ। त्यसपछि समस्या देखिन थाले। तिमीले मेरो केयर गर्न छाड्यौँ। मेरा लागि परिवर्तन भएनौ, मेरो परिवारलाई रेस्पेक्ट गर्दैनौँ आदि इत्यादि भन्दै गयौँ।

म तिम्रा लागि धेरै परिर्वतन भएको थिएँ। अरु केटीहरुसँँग पनि बोल्न छाडेको थिएँ। तिम्रो यादमा म एकदम कमजोर भएको छु। पीडा खप्न सकेको छैन। तिमीले मलाई प्लेब्वाई भनेर छाडे पनि तिमी मेरो मनबाट हट्न सकेकी छैनौ।

अब छुटेको पढाइ निरन्तर गर्ने निर्णय गरेको छु। तिम्रो औकातको नभई तिमीसँग बोल्ने छैन। तिम्रो अगाडि केही न केही भएर छाड्छु।
स्रोतः नेप्लिज टिनेर्जस कन्फेसन

Leave A Comment