कहिलेकाँही जीवनमा यस्तो अवस्था आउँने रहेछ, जतिबेला बाँच्ने रहर हुँदैन्ः जस्टिन बिबर

शुक्रबार, २० भदौ २०७६, ११ : ०१ शुक्रवार
कहिलेकाँही जीवनमा यस्तो अवस्था आउँने रहेछ, जतिबेला बाँच्ने रहर हुँदैन्ः जस्टिन बिबर

गायक जस्टिन बिबरले सानो उमेरमा पाएको स्टारडमका कारण गलत निर्णयहरू गर्दा संसारभर घृणाको पात्र हुनुपरेको अवस्थाबारे इन्स्टाग्राममा भावनात्मक पोस्ट राखेका छन्।

आफ्ना गलत निर्णय र त्यसले निम्त्याएका नकारात्मक परिणामले गर्दा आत्महत्या गर्नेसम्मको सोच आएको उनले पोस्ट गरेको इन्स्टाग्रामको फोटोमा उल्लेख गरेका थिए। ‘कम उमेरमा पाएको स्टारडमका कारण मैले एकपछि अर्को गलत निर्णयहरू गरिरहेको थिएँ। जसले गर्दा संसारभरका मानिसले मलाई घृणा गर्न थाले।

उनीहरूले दिएको प्रतिक्रियाका कारण मलाई आत्महत्यासम्मको सोच आएको थियो,’ उनले पोस्टमा उल्लेख गरेका थिए, ‘कहिलेकाँही जीवनमा यस्तो अवस्था आउँने रहेछ, जतिबेला बाँच्ने रहर हुँदैन्।’ १३ वर्षको उमेर गीत गाउन थालेका उनले लाखौं फ्यानबाट माया पाउँदा जिम्मेवारीभन्दा महान भएको महसुस गरेको अनुभव पोस्ट गरेका थिए। ‘सानो शहरबाट आएको मैले १३ वर्षको उमेरमा लाखौं फ्यानबाट माया र प्रशंसा पाएको थिए। त्यसले मलाई कहिल्यै जिम्मेवार हुन प्रेरित गरेन्।’

सन् २०१३ मा १९ वर्षका उनले जर्मनी भ्रमणको क्रममा घरपालुवा बाँदरसमेत आफूसँग लैजाने कोसिस गरेका थिए। जर्मनीको म्युनिकस्थित अध्यागमनले सो बाँदरलाई उनीसँग लैजान नदिएपछि उनले त्यसको फलोअप नगर्दा बाँदर चिडियाघरमा राखियो। सोही वर्ष उनका छिमेकीले उनीविरुद्ध क्यालिर्फाेनियामा तीव्र गतिमा फरारी कार चलाएको मुद्दा दायर गरेपछि उनले अस्वीकार गरेका थिए।

एक रेस्टुरेन्टमा अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनलाई अपशब्द बोलेको भिडियो भाइरल भएपछि उनले व्यक्तिगत रूपमा माफी मागेको कुरा बाहिर आएको थियो। उनले इन्स्टाग्राम पोस्टमा १९ वर्षको उमेर अत्याधिक ड्रक्स सेवन गरेर आफन्तहरूसँग दुव्र्यवहार गरेको खुलासा गरेका थिए। ‘मैले आफन्त र मेरो जीवनमा आएका महिलाहरू दुव्र्यवहार गरेको थिएँ। त्यसले गर्दा मलाई माया गर्ने सबैजना मसँग टाढिएका थिए,’ पोस्टमा उनले लेखेका थिए।

२५ वर्षीय उनले साथीहरूको साथ र वैवाहिक जीवनका कारण आफूलाई परिवर्तन गरेको दाबी गरेका थिए। गायक बिबर र मोडल हेली बाल्डविनले सन् २०१८ मा विवाह गरेका थिए। विवाहपछि आफूले विश्वास र धैर्य गर्न सिकेको उनले लेखेका थिए। सन् २०१७ मा आयोजित उनको ‘परपस’ नामक सांगीतिक वल्र्ड टुरको दौरान उनी ४० देशमा एक सय ५० बढी प्रस्तुति दिएका थिए। यसमध्ये १४ वटा सो रद्द भएको थियो।

गत वर्ष गायक बिबरले डिप्रेसनको उपचार गराएका थिए। उनी निकट स्रोतका अनुसार उनले एउटा सानो बालकको रूपमा आफ्नो करियर सुरु गरेका थिए र सबैसँग राम्रो व्यवहार गर्थे। तर, उनको त्यो बेला पाएको फेम अहिले फेरिइसकेको छ। उनले एक अन्तर्वार्तामा मानसिक स्वास्थ्यको विषयमा खुलेर कुराकानी गरेका थिए।

उनले कम उमेरमा प्राप्त गरेको फेम अनि त्यसले आफूलाई पारेको प्रभावको बारेमा पनि कुरा गरेका थिए। ‘१३ वर्षको उमेरमा मैले सफलता प्राप्त गरेको थिएँ। त्यसैले मैले आफूलाई चिन्ने अवसर पाइन्। संगीतमा व्यस्त भएपछि मैले आफू को हुँ भन्ने प्रश्नको जवाफ खोज्न समय पाइन्,’ उनले भनेका थिए।

Leave A Comment