सम्भोगमा ‘जी स्पट’को भूमिका

शनिबार, २२ साउन २०७३, ११ : ४३ शुक्रवार , Kathmandu
सम्भोगमा ‘जी स्पट’को भूमिका

सम्भोगमा सन्तुष्ट हुन ‘जी स्पट’को भूमिका महŒवपूर्ण हुन्छ भन्ने सुनेँ । यो जी स्पट भनेको के होला ?
आर
‘जी स्पट’ जर्मन गाइनाकोलोजिस्ट अन्स्र्ट ग्राफेनबर्गका नामबाट राखिएको हो । त्यसैले यसलाई ग्राफेनबर्ग स्पट पनि भनिन्छ । यो महिलाको योनीको दुई इन्च भित्र हुन्छ । क्लिटोरिसको पछाडितिर योनीको अगाडिको भित्तातिर हुन्छ । यो सिमी आकारको हुन्छ । महिलाको योनीभित्र औँला छिराएर यसलाई पत्ता लगाउन सकिन्छ । सिमी आकारको र स्पन्जजस्तो हुन्छ यो । सम्भोगको बेला ‘जी स्पट’ उत्तेजित हुनेगर्छ । ‘जी स्पट’ रगतका नसा र स्नायुहरूको जालोले बनेको हुन्छ । यो अति नै संवेदनशील हुन्छ । सम्भोगको बेला पुरुषको लिंगको घर्षणले यो चरम उत्तेजित हुन्छ र महिलालाले चरम सुख पाउने गर्छन् । एकदुईचोटिमै ‘जी स्पट’ पत्ता लगाउन गाह्रो पर्ला । तपाईंकी पार्टनरसँग खुलेर कुरा गर्नुभयो भने यो पत्ता लगाउन सकिन्छ र पार्टनरलाई पूर्ण यौनसन्तुष्टि दिन तपाईं सफल हुुनुहुनेछ ।

पुरुष र महिलाको चरमोत्कर्ष फरक हुन्छ भन्छन् । यो हल्लामात्रै हो कि सत्य हो ?
सी

अग्र्याजम या चरमसुख या चरमोत्कर्ष भनेको सम्भोग गर्दा प्राप्त हुने तीव्र र आनन्ददायी शारीरिक सुख हो । हस्तमैथुनद्वारा पनि चरमसुख प्राप्त गर्न सकिन्छ । हरेक व्यक्तिको अग्र्याजमको अनुभूति फरक हुन्छ । मनका थुप्रै भावना वर्णन गर्न नसकिएजस्तै अग्र्याजमलाई पनि यही हो भनेर वर्णन गर्न सकिन्न ।
पुरुष वीर्य स्खलन हुँदा चरमोत्कर्षमा पुग्छन् । तर महिलाको चरमसुख अलिक जटिल प्रकृतिको हुन्छ । चरमोत्कर्षमा पुग्दा मुटु जोडजोडले चल्छ अर्थात् यसको गति दु्रत हुन्छ । श्वासप्रश्वासको गति पनि द्रुत हुन्छ ।
महिलाको चरमसुख पुरुषको भन्दा जटिल हुन्छ । योनीका मांसपेशीहरूमा खिचाव आउँदा महिलालाई चरमसुखको अनुभूति हुन्छ । तर, हरेक सेक्समा महिलाले चरमसुख प्राप्त गर्छिन् भन्ने हुँदैन । महिलाको चरमसुख उनको पुरुषसाथीको यौन दक्षता र आफ्नो शारीरिक र मानसिक अवस्थामा निर्भर गर्छ । भनिन्छ, २० देखि २५ प्रतिशत महिलाले मात्रै चरमसुख प्राप्त गर्छन् । सम्भोग गर्दा महिलाको योनीका क्लिटोरिस र जी स्पट उत्तेजित भए भने महिलाले चरमसुख प्राप्त गर्छिन् । यौनसम्बन्धी ज्ञानको कमी र खुलेर कुरा गर्न नसक्नुले धेरै महिला चरमसुखबाट वञ्चित हुन्छन् । कोहीलाई त जिन्दगीभरि अग्र्याजमको स्वादै थाहा हुँदैन ।


म २७ वर्षको भएँ । हस्तमैथुन गर्छु । अहिलेसम्म सेक्स गरेको छैन । एकदुई पटक सेक्स गर्ने मौका पाएको थिएँ तर मेरो लिंग नै उठेन । हस्तमैथुन पनि म लिंगलाई बेडमा रगडेर गर्छु । मलाई लिंग छुन घिन लाग्छ । मेरो बिहेको कुरा चलिरहेको छ । के गर्ने होला ?
एन

तपाईंको समस्या अलिक जटिल छ तर उपचारै नहुने चाहिँ होइन । यो समस्यालाई ‘सेक्सुअल एभर्सन डिसअर्डर’ भन्छन् । लिंग, योनी अथवा यौन सम्पर्कको विचार आउँदा वा शुक्रकीट देख्दा, अथवा यौनांग छँुदा घृणा लागेर आउने र यौनप्रति वितृष्णा जाग्ने गर्छ ।
यसका धेरै कारण हुन्छन्, हर्मोनमा समस्या, अधिक चिन्ता, अधिक मदिरापान, औषधि सेवन, उदासीनता, भय, यौन हिंसा आदि । यसको उपचार माथिका लक्षणका आधारमा गरिन्छ । आजै सेक्सोलोजिस्टकहाँ गइहाल्नुहोस् र उपचार सुरु गर्नुहोस् । यसको सफल उपचारपछि तपाईं सुखद वैवाहिक जीवन व्यतीत गर्न सक्नु हुनेछ ।
 

 

Leave A Comment