राजधानीमा गाईजात्रा विशेष

शुक्रबार, २० भदौ २०७६, ११ : ०१ शुक्रवार
राजधानीमा गाईजात्रा विशेष

हांस्यव्यंग्य गाईजात्राको विशेष कार्यक्रम राजधानीमा आयोजना हुने भएको छ। आज शुक्रबार राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा ‘प्रदेश प्रदेशमा गाईजात्रा’ नामक कार्यक्रम हुँदैछ।

विभिन्न प्रदेशमा पुगेर राजधानी आइपुगेको गाईजात्रा विशेष कार्यक्रम ‘प्रदेश प्रदेशमा गाईजात्रा’ बारे आयोजक ब्राण्ड वर्थका कार्यकारी निर्देशक मोहन गजुरेलले जानकारी दिए। ‘विभिन्न सात वटा प्रदेशमा गाईजात्राको अवसरमा आयोजना हुँदै आएको कार्यक्रम राजधानी आइपुगेको हो। आगामी शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा ‘प्रदेश प्रदेशमा गाईजात्रा’ नामक कार्यक्रम हुँदैछ,’ उनले भने।

गत साउनको अन्तिममा प्रदेश १ को राजधानी विराटनगरबाट सुरु भएको कार्यक्रम काठमाडौंपछि सिमरा, हेटौडा, बुटवल, पोखरा, घोरही र धनगढीमा आयोजना हुँदैछ। विभिन्न सात प्रदेशलाई जोड्ने र असर गरेका विभिन्न विकृतिलाई आधार मानेर गाईजात्रा विशेष कार्यक्रम आयोजना हुँदैछ। यसले हिमाल, पहाड र मधेसमा बस्ने मानिसलाई एकजुट हुन आग्रह समेत गर्नेछ,’ हाँस्यकलाकार शैलेन्द्र सिंखडाले भने। गाईजात्रा कार्यक्रममा देशभरका पाँच देखि सात हजार दर्शकले प्रत्यक्ष रूपमा हेरेर मनोरञ्जन लिने अनुमान आयोजकले गरेको छ।

‘प्रदेश प्रदेशमा गाईजात्रा’ कार्यक्रममा हाँस्यकलाकार मनोज गजुरेल, शैलेन्द्र सिंखडा, सुरेन्द्र केसी (मुला साग), रवि डंगोल, यमन श्रेष्ठ, पूर्ण थापा, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), सुवोध गौतम, सन्ध्या बुढा (काउली बुढी), सुमन कार्की र रुविना अधिकारीलगायतका कलाकारहरूले प्रस्तुति दिदैंछन्।

 

Leave A Comment