सुरक्षाको मुण्डन

आइतबार, २२ भदौ २०७६, १२ : ४१ शुक्रवार
सुरक्षाको मुण्डन

कथाअनुसार कमै मात्र नेपाली अभिनेत्रीहरुले भूमिका गर्ने अवसर वा अग्रसरता देखाएका छन्। थोरै पात्रले मात्र कथाअुसार जे पनि गर्न तयार हुन्छन्। राम्रै निर्देशकमा गनिएका दीपेन्द्र के खनालले अभिनेत्री सुरक्षा पन्तलाई कपाल मुण्डन गराइदिएका छन्। ‘आमा’ फिल्ममा उनको रोल कपला मुण्डन गर्नुपर्ने भएकाले मुण्डन गरिएको चर्चा छ।

उनले अभिनय गरेका अहिलेसम्मका कुनै फिल्मले उनलाई उकास्न सकेको छैन तर यस पटक भने उनले आफूलाई मन परेको चरित्रका लागि कल्कलाउँदो कपाललाई पनि सफाचट् पारिदिएकी छन्। अभिनय प्रतिको उनको यो निष्ठा देखेर सबै चकित छन्।

कथाले मागेपछि कपाल काटेको उनको भनाइ छ। यसअघि पनि ‘जाइरा’ फिल्मका लागि अभिनेत्री नम्रता श्रेष्ठले कपाल मुण्डन गरेकी थिइन्। सुरक्षाले मुण्डन गरेको फिल्मले उनलाई सुरक्षा देला नदेला त्यो भने फिल्म प्रदर्शन भएपछि नै थाहा होला तर उनको अभिनयप्रतिको यो आशक्तिलाई त दर्शकले पक्कै सराहना गर्लान्। कि कसो ?
 

Leave A Comment