पललाई पीर

मङ्गलबार, २४ भदौ २०७६, १२ : ४४ शुक्रवार
पललाई पीर

अभिनेत्री आँचल शर्माले आफ्नो प्रेमी हालै मिडियामा सार्वजनिक गरिन्। आँचलको प्रेमीसँगको तस्बिर सार्वजनिक हुनेबित्तिकै पर्दामा अक्सर उनका प्रेमी बन्दै आएका अभिनेता पल शाहलाई पीर परेछ किनभने यसअघि दर्शकले पल र आँचललाई नै वास्तविक प्रेमजोडीका रुपमा चिन्ने गर्थे।

फिल्म प्रदर्शन ताका दुवैजनाले प्रेमको हल्लालाई वास्तै गरेनन्। बरु फिल्म चलाउन अफेयर चलाए। तर अब त त्यही झूटका कारण पल र आँचललाई उनका दर्शकले कमेन्ट गर्न थालेका छन्। उनी दुई दर्शकलाई ढाँट्दाको परिमाण भोगिरहेका छन्। 

त्यसैले त पलले फेसबुकमै लेखेका छन्, ‘साथी मात्र थियौँ। त्यो भन्दा माथि केही थिएन।’ अब बोल्नु पर्ने बेलामा नबोलेर, अहिले बोलेर मात्र हुन्छ त पलजी ? हिजै आफूहरुबीच केही थिएन भन्नु पर्ने होइन र ? फिल्मको फाइदाका लागि चुप बस्ता कति घाटा लाग्दोरहेछ, बुझ्नु भो नि !!

Leave A Comment