उपासनाको आशा

मङ्गलबार, २४ भदौ २०७६, १२ : ५२ शुक्रवार
उपासनाको आशा

उपासना सिंह ठकुरी फिल्मी दुनियाँका लागि नव प्रस्तुति हुन्। हुन त उनले अनमोल केसीसँग ‘क्याप्टेन’ फिल्मबाट रजतपटमा डेब्यु गरेकी थिइन्।

जसरी अनमोलको फिल्म भन्नेबित्तिकै हाम्फालेकी थिइन्, त्यसरी नै उनका लागि कुनै फाइदा भने फिल्मले दिलाएन। कतिसम् मभने उनको अभिनय रुचाइयो भन्नेहरुले पनि उनलाई आफ्नो फिल्ममा लिइहाल्ने आँट गरिहाल्न सकेनन्।

बल्लतल्ल उनले रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’मा काम पाइन्। फिल्म असोज ३ बाट सिनेमा हलमा देखिदैछ र जति समय नजिकिदैछ, उपाशनाको मुटुको धडकन उति नै बढिरहेको छ।

पहिलो फिल्म नै फ्लप भएपछि उपासनालाई दोस्रो फिल्म सुपरहिट हुनु आवश्यक छ। तर ‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलरको राम्रै प्रतिक्रियाबाट फिल्मको सफलतामा उनी निकै ढुक्क देखिएकी छन्।
अहिले उनलाई बेस्ट अफ लक मात्र भन्न सकियो।

Leave A Comment