तिमीले मलाई बुझ्दा कोसौँ टाढा हुनेछु

बुधबार, २५ भदौ २०७६, १० : ५४ शुक्रवार
तिमीले मलाई बुझ्दा कोसौँ टाढा हुनेछु

म एउटा परिवार र श्रीमान् हुनुको दायित्व पूरा गर्न असक्षम नै भएँ। व्यापार पूरा घाटामा चल्दै थियो। लाखौं रुपैयाँ मैले डुबाइसकेँ। मानसिक र शारीरिक रुपमा विक्षिप्त अवस्थामा थकान लाग्थ्यो। लुथ्रुक्क पानीमा भिजेर, युद्धमा हारेर आएको योद्धा सिपाहीजस्तै आत्म मनोवल गिरेको थियो। आशा र विश्वास, भरोसा कसैको थिएन।

व्यापार व्यवसाय पूरै बिग्रदै जाँदा तहसनहस भयो। एकदम कमजोर आर्थिक, मानसिक रुपमा पनि तिमीसँगै थिएँ। मेरो मन, मस्तिष्क, भावना तिमीले बुझ्ने प्रयास नै गरेनौ। सयौंपटक प्रयास गरेँ, सँगै एक दशक बिताएका पल, तिमी बिनाको मेरो जीवन परिकल्पना गरिनँ।

शंका–उपशंकाको नजरमा राखी हाम्रो जिन्दगीको यात्रा कतिञ्जेल चल्छ ? तापनि आशा र विश्वास अनि भरोसा राखेको थिएँ। तिमी एक दिन परिवर्तन हुनेछ्यौ तर मेरो कल्पना भ्रम मात्र रहेछ।
परिवर्तन त म पो हुनु पर्ने भो।
सायद तिमीले मलाई बुझिसक्दा म तिमीभन्दा सयौं कोस टाढा हुनेछु।
सुमन।
 

Leave A Comment