विदेश नफाप्दा

बुधबार, २५ भदौ २०७६, १२ : ३५ शुक्रवार
विदेश नफाप्दा

अभिनेत्री प्रियंका कार्कीलाई विदेश यात्रामा कुनै न कुनै लफडा आइलागिहाल्छ। अमेरिकामा नै बसेको बेला पनि एक अन्तर्वार्तामा पहिलो पटक युएसए आएको भनेपछि हाँसोको पात्र बनेकी थिइन्। विदेश यात्राकै कुरा गर्दा कान्स यात्रा पनि कम आलोचित बन्न पुगेन।

कान्सले बोलाएर फ्रान्स पुगेको गफ दिएकी प्रियंका त्यसको छेउछाउ पनि नपुगेको देखेपछि उनको गफ उनलाई नै भारी परेको थियो।

यसै साता प्रियंका हुनेवाला श्रीमान् आयुष्मानका अस्ट्रेलिया घुमेर फर्कने क्रममा पनि एउटा हलचल नै मच्चियो। लोक गायक प्रकाश कटुवाल र प्रियंका कार्की नेपाल फर्कने क्रममा प्रियंकाले आफूलाई तुच्छ व्यवहार गरेको भन्दै प्रकाशले फेसबुकमा स्टाटस लेखे। यो स्टाटसपछि फेरि पनि प्रियंका तारोमा परिहालिन्।

प्रकाशले लेखेको स्टाटसलाई दर्शकले खासै मतलब गरेका थिएनन् तर उनैले युट्युबमा हतारहतार स्पस्टीकरण दिन पुगेपछि विवादको विषय चर्किएर बाहिर आयो।

आयुष्मान र प्रियंका दुवैले केही युट्युब च्यानल बोलाएर दुखेसो पोखेका थिए।  प्रकाशभन्दा ठूलो सेलिब्रेटी त प्रियंका नै हुन्। सानोतिनो घटनालाई लिएर युट्युबमा आउँदा फाइदा प्रियंकालाई भन्दा पनि प्रकाशलाई पुग्नु स्वाभाविकै थियो। अब यत्ति कुरा नबुझ्दा प्रियंकालाई पनि पीडा, हेर्ने दर्शकलाई नि, पीडा !

Leave A Comment