ओरालो लागेकी सारा

बुधबार, २५ भदौ २०७६, १२ : ५४ शुक्रवार
ओरालो लागेकी सारा

आफ्नो फिल्म प्रदर्शनमा आएपछि चलेका अभिनेतासँग अभिनय गर्न हिरोइनहरु मरिहत्ते गर्छन्। एकपछि अर्को हिरोसँग अभिनय गर्न उनीहरुको तछाँड मछाँड नै हुन्छ। तर सारा श्रीपालीको भने एकपछि अर्को नयाँ नयाँ अभिनेतासँग अभिनय गर्न थालेकी छन्। 

भैरव, सुश्री सम्पत्तिजस्ता  फिल्ममा अभिनय गरेकी साराले नयाँ अभिनेतासँग हाल पोखरामा ‘गुञ्जन’ फिल्ममा अभिनय गरिरहेकी छन्। अभिनेता निखिल उप्रेतीदेखि सलोन बस्नेतसम्म अभिनय गरेकी साराले बिस्तारै नयाँ अभिनेतासँग अभिनय गर्ने छनोट गर्न पुग्नुलाई धेरैले धेरै कुराको लख काट्न थालेका छन्।

‘गुञ्जन’मा उनी यतिबेला प्रितम सेन्चुरीसँग रोमान्स गरिरहेकी छन्। तर उनीजस्तो प्रतिभाशाली अभिनेत्रीले के बुझ्नुपर्छ भने फिल्मको संख्या बढाउने भन्दा पनि स्थापित गराउने फिल्ममा अभिनय गर्न जरुरी छ।

Leave A Comment