भगौडा हुन् त दीपक ?

बुधबार, २५ भदौ २०७६, ०१ : १३ शुक्रवार
भगौडा हुन् त दीपक ?

फिल्म प्रदर्शनमा आए पनि, नआए पनि चर्चामा रहिरहने कलाकार दीपकराज गिरी प्वाक्क बोल्ने हुनाले विवादमा परिरहन्छन्। यस पटक पुनः उनी चर्चामा आएका छन्।

‘छ माया छपक्कै’ फिल्मलाई दसैँको छेको पारेर प्रदर्शनमा ल्याउने कुरा भइरहेका बेला केही दिन पछाडि धकेलेपछि उनलाई भगौडा भन्न थालिएको छ। उनको नयाँ फिल्म असोज १७ गते प्रदर्शनमा ल्याउने तयारी भइरहेको थियो तर यही बेला ऋतिक रोशन र टाइगर श्राफ अभिनित हिन्दी फिल्म ‘वार’ ठीक यसै समयमा प्रदर्शनमा आउने भएपछि उनले प्रदर्शन मिति सारेका हुन्।

विदेशी फिल्मसँग आफ्नो फिल्म भिड्न तयार रहेको भन्दै भाषण गर्ने दीपकले बलिउड फिल्मसँग भिड्न डराएको आरोप लाग्न थालेको छ।  कतै आफ्नै बोलीबाट चिप्लिएका त होइनन् उनी ? तर भन्नेहरुले भगौडा भनिसकेपछि कति जनाको मुख थुन्न निस्किऊन् उनी पनि !

Leave A Comment