पर्दामा कहिले ‘कान्छी’ ?

बुधबार, २५ भदौ २०७६, ०१ : २७ शुक्रवार
पर्दामा कहिले ‘कान्छी’ ?

श्वेता खड्कालाई कसैकसैले कान्छी पनि भन्छन्। उनी कसैकी कान्छी बहिनी वा छोरी भएका कारणले मात्र होइन, फिल्म नै ‘कान्छी’ बनाएका कारणले।

हिजोआज उनलाई जिस्क्याउनेहरुले पनि ‘कान्छी’ अर्को फिल्म कहिले त भनेर जिस्किरहेका हुन्छन्। उनीसँग तत्काल यसको जवाफ छैन तर दर्शकको नजरबाट हराउनु पनि भएन !

त्यसैले त हिजोआज पर्दामा भन्दा पनि सामाजिक सञ्जाल फेसबुक व्यस्त भएको देखिन्छिन् श्वेता। उनका विविध क्रियाकलाप सामाजिक सञ्जालमा पर्याप्त हेर्न पाइन्छ।
हालै श्वेताले अर्को कफी सप पनि खोलिन्। यसपछि उनको चर्चा हुने भइहाल्यो।

पछिल्लो समय उनको फिल्म ‘कान्छी’ बजारमा हराएको पनि एक वर्ष पुग्न लागिसक्यो। उनका फ्यान उनलाई पुनः पर्दामा देख्न चाहन्छन्, सानो होइन, ठूलै पर्दामा। यतिबेला उनी भने फिल्ममा भन्दा पनि सामाजिक सञ्जालका पर्दामा देखिने मूडमा छिन्। तर दर्शकका लागि भए पनि पर्दामा देखिने कि श्वेता ? कि फिल्मको अफर नै आउन छोड्यो ?
 

Leave A Comment