सुशीलको लुक

बुधबार, २५ भदौ २०७६, ०१ : ३४ शुक्रवार
सुशीलको लुक

लामो समयदेखि फिल्म क्षेत्रबाट टाढै रहेका सुशील क्षेत्र यो वर्ष दुई फिल्म लिएर आउँदैछन्। ‘लभ डायरिज’ र ‘बादशाह जुट’ नामक दुवै फिल्ममा उनी नयाँ अवतारमा देखिएका छन्।

‘बादशाह जुट’को उनको नयाँ अवतारले त दर्शकको तारिफ नै बटुलिसकेको छ। सुशील पनि यी दुई फिल्मबाट निकै आशावादी देखिन्छन्। त्यसैले त फेसबुकमा उनी दुई फिल्मको अवतार सार्वजनिक गरिनै रहेका हुन्छन्। ‘बादशाह जुट’मा त उनी मुस्लिम पहिरनमै देखिन्छन्। तर पछिल्ला फिल्ममा झैं अभियनमा सुधार छैन भने दुई फिल्म त के जतिसुकै फिल्म गरे पनि उनले उपलब्धि हासिल गर्न सक्ने छैनन्।

‘कारखाना’ उनको पछिल्लो पटक रिलिज भएको फिल्म हो। दुई वर्षअघि रिलिज भएको यो फिल्मको कन्सेप्ट राम्रो भए पनि उनको अभिनयको निकै चर्को आलोचना भएको थियो। अब त सुशीलले आवरणलाई भन्दा पनि अभिनयलाई बढी जोड दिनु आवश्यक छ।
बुझ्नु भो नि सुशीलजी, दर्शकले अभिनय हेर्छ, लुक होइन !

Leave A Comment