दंगै टिना

बुधबार, २५ भदौ २०७६, ०१ : ४४ शुक्रवार
दंगै टिना

भारतीय टेलिसिरियल क्विन टीना दत्ता आफ्नो लुक्सको एक्सपेरिमेन्ट गर्न खुब रुचाउँछिन्। कहिले वाहवाही पाउँछिन् भने कहिले गाली खान्छिन्। हालै उनले स्विमिङ पुल नजिकै एउटा एक्सपेरिमेन्ट गरिन्। सेक्सी पोज सहितको फोटो खिचाएर उनले त्यो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिन्। स्विमिङ पुल नजिकै सुतेर खिचेको सो ग्लामरस फोटो उनका प्रशंसकहरुले रुचाइदिए। उनी पनि दंगै परिन्।

उनले दुई वर्षअघि न्युड मेल मोडलसँग फोटो सुट गराएकी थिइन्। फोटो बाहिरिएलगत्तै यत्ति आलोचना भयो कि उनको सात्तै गयो। यसपालि भने त्यस्तो केही भएन। उनको तस्बिर हेर्दा उनी पुल नजिकै आराम गरिरहेझैँ देखिन्छ। हल्का बडी खुम्च्याएर लिइएको तस्बिर इन्स्टाग्राममा आएलगत्तै उनका प्रशंसकहरुले मिठामिठा प्रतिक्रिया दिइरहेका छन्।

Leave A Comment