जरिनको झापड

बुधबार, २५ भदौ २०७६, ०१ : ५५ शुक्रवार
जरिनको झापड

बलिउड एक्ट्रेस जरिन खानले हालै इन्स्टाग्राममा एउटा तस्बिर सार्वजनिक गरेलगत्तै ट्रोलको शिकार बनिन्। पेटमा के भयो ? पेट हेरेर त उल्टी आउला जस्तो भयो भन्ने प्रतिक्रियाहरु आए। जब जरिनले यस्तो प्रतिक्रियाको उत्तर दिइन्, ट्रोलरहरुको मुख बन्द भयो।

भएको के थियो भने तस्बिरमा उनको पेटमा स्ट्रेचहरु देखिएका थिए। हेर्दा भर्खरै अप्रेशन गरेको दाग पो हो कि झैँ देखिन्थ्यो तर हैन रहेछ। ती दाग त तौल घटाउँदाको परिणाम रहेछ ! उनले प्रतिक्रियामा लेखिन्, ‘यो पेट ५० किलो तौल घटाउनेको हो। यो न कुनै अप्रेसन गरेको दाग हो न अन्य कुनै कुराको !’ उनले आफू नक्कली कुरामा विश्वास नगर्ने भन्दै आफूजस्तो हो त्यस्तै प्रस्तुत गर्न रुचाउने बताएपछि भने उनको साहसको प्रशंसा शुरु भयो। धेरैले उनको बडीको प्रशंसा गर्दै लेख्न थाले, ‘बलिउडमा दमदार रुपमा फर्कन तपाईंले गर्नुभएको मिहिनेतलाई सलाम।’ नकारात्मक सोच भएकालाई तह लगाउने यो हो नि काइदा !  

 

Leave A Comment