लोकस्टार : सुशील भए आउट

बिहिबार, २६ भदौ २०७६, १२ : ०४ शुक्रवार
लोकस्टार : सुशील भए आउट

लोकस्टारको २२ औं एपिसोडमा सबै प्रतिस्पर्धीले आधुनिक गीत गाए। दश जना प्रतिस्पर्धीमध्ये एक जना यो एपिसोडबाट आउट भए। त्यसमा परे, सुशील आचार्य।

विशेष अतिथिका रुपमा यस पटक आएका थिए, गायक हेमन्त शर्मा। कार्यक्रम सञ्चालन गर्न पुगेका हाँस्य अभिनेता माग्ने बूढाले नेवारी र तामाङ सेलो गीत गाएर कार्यक्रमलाई बीचबीचमा रमाइलो बनाएका थिए। 

२२ औँ एपिसोडमा सनी विश्वकर्मा, मुना अर्याल, पविन्द्र सुनार, दीपेन्द्र राई, सुशील आचार्य, रविराज शाह, रामकुमार नेपाली, प्रभुराज शाह, विनोद दनुवार र चेतन गौतमले गीत गाएका थिए। दश जना प्रतिस्पर्धामध्ये भोटका आधारमा सुशील आउट भए। अब नौ प्रतियोगी प्रतिस्पर्धामा छन्।

Leave A Comment