काठमाडाैंमा चिनियाँ फिल्म महोत्सव हुने

शुक्रबार, २७ भदौ २०७६, ११ : ३८ शुक्रवार
काठमाडाैंमा चिनियाँ फिल्म महोत्सव हुने

आगामी भदौ ३१ देखि असोज २ सम्म ‘चिनियाँ चलचित्र महोत्सव’ हुने भएको छ। बुधबार प्रेस विज्ञप्तिमार्फत राजधानीमा आयोजना हुने महोत्सवमा ६ वटा चिनियाँ फिल्महरू प्रदर्शन गरिने जानकारी गराइयो।

नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्रको आयोजना जमलस्थित राष्ट्रिय नाचघरमा हुने महोत्सवमा चिनियाँ संस्कृति, विकास र रहनसहन समेटिएका कथामा आधारित फिल्म प्रदर्शन हुनेछन्। महोत्सवका कार्यक्रम संयोजक राजेन्द्र रिमालका अनुसार निर्देशक वङ्गकार वाईको ‘द ग्राण्डमास्टर’, दाँते लामको ‘अपरेसन मेकङ’, जँ ज्याक्युज अनौदको ‘वुल्फ टोटेम’, लेस्त चेनको ‘ब्याटल अफ मेमोरिज’, हान यानको ‘गो अवे मिस्टर ट्युमर’ र हाइ चोङको ‘रनिङ लाईक विन्ड’ फिल्म प्रदर्शन गरिनेछ। तीन दिन चल्ने महोत्सवअन्तर्गत ­­­हरेक दिन दुई वटा फिल्म प्रदर्शन गरिनेछ।

‘महोत्सवले नेपाली चलचित्रकर्मीहरुलाई चिनियाँ कला र चलचित्रको बारेमा बुभ्mन सजिलो हुने र चलचित्रका माध्यमबाट दुई देशबीचको नागरिकलाई एकआपसको संस्कृतिको बारेमा जानकारी दिएर सम्बन्धलाई प्रगाढ बनाउन मद्दत पुग्नेछ,’उनले भने।

Leave A Comment