निशा–शरद प्याचअप ?

आइतबार, २३ साउन २०७३, १० : २६ शुक्रवार , Kathmandu
निशा–शरद प्याचअप ?

अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषावकरबीचको अफेयर कुनै नौलो खबर होइन । केही समयअघि यी दुईको ब्रेकअप भएको खबर आएको थियो । निशाले पनि आफू सिंगल रहेको बताएकी थिइन् । तर, शनिवार उनीहरू काठमाडौँस्थित सिटी सेन्टरमा सँगै भेटिए । उनीहरू त्यहाँको फुड कोर्टमा करिब एक घण्टा गफिए । त्यसपछि उनीहरूले साढे ६ बजेको सोमा बलिउड फिल्म ‘ढिसुम’ हेरे । उनीहरूलाई सँगै देख्नेहरू प्रश्न गर्दै थिए, ‘निशा र शरदबीच प्याचअप भएको हो या उनीहरू राम्रा साथीमात्र हुन् ?’ निशा यतिबेला फिल्म ‘जय पर्शुराम’को प्रमोसनमा व्यस्त छिन् भने शरद आईसीसी वल्र्ड च्याम्पियनसिपको तयारीमा छन् । दुवै व्यस्त भए पनि भेटघाटका लागि समय निकाल्नु अर्थपूर्ण हुन सक्छ ।

Leave A Comment