राजेशको नाङ्गो तस्बिर

शुक्रबार, २७ भदौ २०७६, ०१ : ४३ शुक्रवार
राजेशको नाङ्गो तस्बिर

ठूलो पर्दाको ‘एक नम्बरको पाखे’ रहँदाका बेला नाङ्गो तस्बिर खिचाए भनेर ठूलो हल्ला भएको थियो। त्यो कति विवादित बन्न पुग्यो भने हमालले उनका डाई हार्ड फ्यानलाई स्पष्टीकरण दिनु परेको थियो। उनले भनेका थिए, ‘शरीरमा गाँठो परेकाले उपचारका लागि नाङ्गो तस्बिर खिचेँ।’

उनको भनाइअनुसार उनकी डाक्टर दिदीलाई पठाउन खिचिएको उक्त तस्बिर ‘लिक’ भइदिँदा लामो समय मिडियामा स्थान पायो। त्यसैले त उनले स्पष्टीकरण नै दिनु प-यो।

समाज त्यो समयभन्दा निकै अघि बढिसकेको छ। हिजोआज त हिरोइनहरुको नग्न तस्बिर भाइरल हुँदा पनि चहल्का मच्चिदैन। केही दिनको न्यानोमा मात्र सीमित हुन्छ।

यस पटक हमाल थाइल्याण्डमा उनले उसै गरी नाङ्गा तस्बिर फेसबुकमा  सार्वजनिक गरे। तर टप मात्र नग्न भएकाले त्यति धेरै हल्ला भने भएन। धेरैलाई मनमा प्रश्न भने उठेको छ, यसपालि हमालले चौडा छाति देखाएर तस्बिर खिचाउनुको कारण फेरि अमेरिकामा उपचारका लागि दिदीहरुलाई जानकारी दिन त होइन नि ?

Leave A Comment