निराश वर्षा

सोमबार, ३० भदौ २०७६, ०१ : ४६ शुक्रवार
निराश वर्षा

फुर्सदमा के गर्ने ? वर्षा सिवाकोटीलाई सोध्नुस् न !
‘वीर विक्रम २’ फिल्म फ्लप हुन्छ, दोष अरुलाई जाँदैन। वर्षालाई हेप्नुको पनि सीमा हुन्छ नि ! फ्लपको दोष उनैलाई थोपर्नेहरु केही देखिए ! कारण पनि, अनलक्की रे !
खैर, अब फिल्म चलेन त के भो ? निराश भएर यत्तिकै घरैमा कोप्चिएर बस्न भएन।
यतिबेला उनी घुमघाममा बिताइरहेकी छन्।

अँ, बरु उनलाई ‘वीर विक्रम २’का लागि भनेर जुन फिल्म छाडेकी थिइन्, ‘रानीमहल’ त्यो छाडेकामा पछुतो पो मानिरहेकी छन् कि !
अब उनको मनको अनुमान कसले पो गर्न सकोस् ?
बरु उनको मनको अनुमान उनका तस्बिरहरुले नै बताउला। फुर्सदिला दिनमा यतिबेला उनी घुम्न निस्किएको जनाउन उनले फेसबुकमा पर्याप्त तस्बिर सार्वजनिक गरेकी छन्। अब फुर्सदिला क्षणमा घुम्ने र तरोताजा हुनेजस्तो गतिलो काम के हुन सक्छ र !
यस्तो अवस्थामा वर्षालाई ‘ह्याभ अ सेफ जर्नी’ भनेर शुभकामना दिइयो।
 

Leave A Comment