छायांकनमा ‘सलुट’

सोमबार, ३० भदौ २०७६, ०३ : ३६ शुक्रवार
छायांकनमा ‘सलुट’

नेपाल चलचित्र विकास बोर्ड अन्तर्गतको ‘महिला चलचित्रकर्मी सशत्तीकरण’ समितिले लघु चलचित्र बनाउने भएको छ । गत शुक्रबारदेखि लघु चलचित्र ‘सलुट’को छायांकन आरम्भ भयो ।

यस लघु चलचित्रमा नयाँ पुस्ताका चलचित्रकर्मीको सहभागिता रहनेछ । ‘सलुट’लाई आशुका अर्याल, अम्बिका भण्डारी, मेरोन राजभण्डारीले मिलेर निर्देशन गर्दैछन् । चलचित्रमा संजिता लामा, प्रिया राजकर्णिकारको छायांकन रहनेछ । फिल्ममा सबु सुबेदीको कथा र मनीषा धमलाको सम्पादन रहनेछ ।

लघु चलचित्रले पारिवारिक कथा समेटेको निर्माण टिमलाई लिड गरिरहेका समितिका संयोजक शबनम मुखियाले बताइन् । फिल्ममा मोहन राई, सेसुका राई, वसन्तराज रिजाल, चन्द्रा थापा, थमान सिंह, पूजा पुन, विष्णु ठकुरी, ओमकृष्ण भण्डारी, समिर नेपाल र सागर रौनियारको अभिनय रहनेछ ।

Leave A Comment