लक लागेका पल

बुधबार, ०१ असोज २०७६, ०१ : १४ शुक्रवार
लक लागेका पल

फिल्म भन्दा म्युजिक भिडियोमा चलेका अभिनेता पल शाहलाई रिलिज भएको  पछिलो फिल्म ‘वीर विक्रम २’ नराम्ररी पछार्यो, फ्लप फिल्मको हिरोको ट्याग नै लाग्यो। तै पनि उनको डिमान्डमा कमी आएको छैन। उनलाई फिल्ममा निर्देशकले पत्याइदिएका छन्। उनलाई अहिलेलाई सुदर्शन थापाले पत्याइदिएका छन्। त्यसैले फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा व्यस्त रहेका छन्।

त्यस्तै ‘हृदयभरि’मा निर्देशक सुरज सुब्बा ‘नाल्बो’ले पत्याइदिएपछि उनलाई के छ र ? फिल्म चले पनि नचले पनि निर्देशकको रोजाइमा परेपछि कसको के लाग्छ र , हैन ? यता निर्देशक दिवाकर भट्टराईको नजरमा पनि उनी परेको बुझिएको छ। लाइनै फ्लप भए पनि फिल्म पाउने भनेको पल नै होला ! दर्शकले नकारे पनि निर्देशकले काफी च्यापेपछि कसैको केही लाग्दैन रैछ बरा !

Leave A Comment