हिस्स दिव्या

बुधबार, ०१ असोज २०७६, ०१ : ४७ शुक्रवार
हिस्स दिव्या

आफ्ना सन्तानलाई फिल्म क्षेत्रमा भित्र्याउने अभिनता–अभिनेत्रीको लहर चलेका बेला अभिनेता  दिलिप रायमाझीले पनि छोरी दिव्यालाई हिरोइन बनाउने कुराले बजार गर्मायो। 

अमेरिकामा बस्दै आएकी छोरी दिव्या रायमाझी पनि चलचित्र खेलाउने चर्चा चुलियो। चासो बढ्यो। तर दिलिपले फिल्ममा भने खेलाएनन्।

उनी आफैं अहिले सकसमा छन् काम पाउन। यो बेलामा छोरीलाई फिल्ममा ल्याउने जोखिम कसरी मोलुन्। बाउ पो हुन्। सन्तानको करिअरको माया लाग्ने नै भयो।

यतिबेला उनका आलोचकले भन्ने बाटो पाएका छन्, कतै फिल्मको प्रचार गर्न दिव्याको नाम पो भजाएका हुन् कि ! प्रचारबाजी गरेर दिलिप रायमाझीलाई नङ्याइएको हो कि ? बुझ्नै गाह्रो भो।

Leave A Comment