मरिस्काको कम्मर मर्का

बुधबार, ०१ असोज २०७६, ०१ : ५५ शुक्रवार
मरिस्काको कम्मर मर्का

अभिनेत्री मरिष्का पोखरेललाई दर्शकले बिर्सेलान् भन्ने पीर ! उनका ‘लम्फु’ र ‘पण्डित बाजेको लौरी’पछि पर्दामा नदेखिएको धेरै भयो। त्यसो त ती दुवै फिल्मले पानी पनि भन्न पाएनन्।

यस्तो अवस्थामा उनको चिनारी जोगाउने गीत बन्न पुग्यो, ‘सालको पात टपरी गाँसेर’। त्यसपछि त मरिष्काको भाग्य नै चम्क्यो। लगातार लोकदोहोरीमा फिचर्ड हुन पाइन्। धेरै म्युजिक भिडियोको व्यस्तताले हो कि, हिजोआज उनी घुमघामै व्यस्त छिन्।

कतै लोकदोहोरी मोहले उनको ठूलो पर्दाको अभिनयको चस्कालाई नै झस्कने गरी नबिर्साइदियोस् !
हामी त उनलाई ठूलै पर्दामा हेर्न चाहन्छौँ, उनको कम्मरको मर्काइ ठूलै पर्दामा सुहाउँछ है !
 

Leave A Comment