बाबु बोगटीको ‘नानु बाबु’

बुधबार, ०१ असोज २०७६, ०६ : १६ शुक्रवार
बाबु बोगटीको ‘नानु बाबु’

गायक बाबु बोगटीले आफ्नो नयाँ गीत बजारमा ल्याएका छन् । बाबुकै शब्द तथा संगीत रहेको ‘नानु बाबु’मा बसन्ती राईको पनि स्वर समावेश छ ।

गीतको भिडियोमा भने गायक गायिकाद्वय बाबु र बसन्ती आफै फिचर्ड छन् । गीतलाई गम्भीर बिष्टले कोरियोग्रोफी गरेका हुन् । गीतमा शक्ति प्रज्ज्वल घिमिरेको सम्पादन र रिकेश गुरुङको एरेन्ज छ ।

बाबुका पछिल्ला गीत ‘टिकुली’ र ‘सिउँदो’लाई दर्शकले रुचाएका थिए । बाबुको अहिलेसम्मकै सर्वाधिक हिट गीत भने ‘सान्नानी तिमीलाई हिर्कौंला लौरी’ नै हो ।

 

Leave A Comment