‘चपली हाइट ३’ मा लक्ष्मी बर्देवा अनुबन्धित

बुधबार, ०१ असोज २०७६, ०७ : २१ शुक्रवार
‘चपली हाइट ३’ मा लक्ष्मी बर्देवा अनुबन्धित

फिल्म ‘चपली हाइट ३’मा अभिनेत्री लक्ष्मी बर्देवा अनुबन्धित भएकी छन् । यसअघि निर्माण टिमले फिल्मको मुख्य कलाकारका रुपमा  सार्वजनिक स्वस्तिमा खड्का, महेश त्रिपाठी, अमिर गौतम, सुपुष्पा भट्ट, प्रतिक श्रेष्ठको नाम सार्वजनिक गरेको थियो ।

यसअघि दर्शकले निकै रुचाएको ‘चपली हाइट’मा आमिर गौतम, राज घिमिरे र बिनिता बरालको अभिनय थियो । ‘चपली हाइट २’मा भने आयुष्मान देशराज जोशी श्रेष्ठ र पारमिता राज्य लक्ष्मी राणाको मुख्य अभिनय थियो ।

फिल्मको पहिलो संस्करणले नयाँ कथा पस्किएकाले दर्शकले सराहना गरेका थिए । दोस्रो संस्करण भने सोचे जति सफल हुन सकेन ।

निर्माता अर्जुन कुमारले तेस्रो संस्करणले पहिलो संस्करणको इतिहास दोहोर्‍याउने दाबी गरे । यो फिल्मलाई लामो समयदेखि म्यूजिक भिडियो निर्देशनमा सक्रिय रहेका निकेश खड्काले निर्देशन गर्दैछन् ।

 

Leave A Comment