अन्तर्राष्ट्रिय ख्याती कमाउँदै ‘चिनियाँ फिल्म’

बिहिबार, ०२ असोज २०७६, ११ : २२ शुक्रवार
अन्तर्राष्ट्रिय ख्याती कमाउँदै ‘चिनियाँ फिल्म’

‘चीनमा विभिन्न प्रकृतिका फिल्महरू बनेका छन्। चिनियाँ फिल्मको कथावस्तुका कारण संसारभर यसले चर्चा बटुल्दै गएको छ,’ पेकिङ विश्वविद्यालयअन्तर्गतको आर्ट इन्स्टिट्युसनका प्राध्यापक चेन स्वाङ भन्दै थिए, ‘सन् २०१८ सम्म चीनमा ६० हजारभन्दा बढी फिल्म हल सञ्चालन भइरहेका छन्।’

चीनको ७० औं गणतन्त्र दिवसको अवसरमा राजधानीमा आयोजना भइरहेको ‘चिनियाँ चलचित्र महोत्सव’ को दोस्रो दिन बुधबार प्राध्यापक चेन स्वाङले चीनको फिल्मको इतिहास र वर्तमान अवस्थामाथि अन्तरसंवाद गरेका थिए।चिनियाँ फिल्म इतिहासलाई उनले केन्द्रमा संंघाई, १९४० दशक, सांस्कृतिक क्रान्ति, पाँचौ पुस्ताको उदय, छैठौं पुस्ता र नयाँ चिनियाँ अन्तर्राष्ट्रिय फिल्मको रुपमा परिभाषित गरेका थिए।

‘चिनियाँ फिल्मको इतिहास केन्द्रमा संंघाई, १९४० दशक, सांस्कृतिक क्रान्ति, पाँचौ पुस्ताको उदय, छैठौं पुस्ता र नयाँ चिनियाँ अन्तर्राष्ट्रिय फिल्मको रुपमा वर्गीकरण गरिएको छ,’ उनले भने, ‘सन् १८९६ मा चीनको संघाईमा पहिलो फिल्म रेकर्ड भएपछि केन्द्रमा त्यसलाई राखेर बेइजिङ ओप प्राथमिता दिइएको थियो।’

सन् १९२० को दशकमा भने अमेरिकाको प्रभाव चिनियाँ फिल्म देखिएको जानकारी उनले दिएका थिए। सन् १९३० को दशकमा प्रगतिशील फिल्म ‘द बिग रोड’ जस्ता फिल्म बनेका थिए। चिनियाँ फिल्मको सुनौलो युग मानिने यो अवधिमा ‘क्रस रोड्स’ र ‘स्ट्रिट एन्जेल’ जस्ता फिल्म तयार भएका थिए। जापानले चीनको युद्ध सुरु गरेपछि भने त्यहाँको फिल्म उद्योग बन्द भएको थियो।

‘सन् १९४० को दशकलाई दोस्रो सुनौलो युगको रुपमा विकास गरेर फिल्म हल खोलिए र वामपन्थी निर्देशकको आधार केन्द्र बन्दै गएको थियो। यस युगमा बनेका फिल्महरूमा चिनियाँ नागरिकको संघर्षको चित्रण गरिएको छ। यो अवधिमा चिनियाँ फिल्ममेकर र समीक्षकलाई अध्ययनको लागि विदेश पठाइएको थियो। विभिन्न प्रकारका लोक कलाहरू प्रयोग ‘ द रेड डिटेचमेन्ट अफ वुमन’ र ‘टु स्टेज सिस्टर्स’ लगायत फिल्म बनेका थिए,’ उनले भने, ‘सांस्कृतिक क्रान्तिअन्तर्गत नयाँ फिल्म निर्माण गरिएका थिए। यो अवधिमा फिल्म क्षेत्र फेरि लोकप्रिय मनोरन्जनको माध्यमको रूपमा विकसित भएको थियो।’

सन् १९८० को दशकमा पाँचौ पुस्ताको उदयसँगै विदेशमा चिनियाँ फिल्मको लोकप्रियता बढेको थियो। सांस्कृतिक क्रान्तिपछि चिनियाँ फिल्म निर्माण गर्ने फिल्म निर्माताको पहिलो पुस्ताले परम्परागत कथा लेखनमा काम गरेका थिए। नयाँ पुस्ताले ‘एल्लो अर्थ’ र किंग्स अफ चिल्ड्रेन’ फिल्मलाई युरोपसम्म पु९याउन सफल भए। छैठौं पुस्ताले फिल्महरू छिटो र सस्तोमा खिच्न थालेका थिए। यस अवधिमा बनेका चिनियाँ फिल्मले विभिन्न अन्तर्राष्ट्रिय सहकार्य गरेको पाइन्छ। ‘सन् २००२ मा बनेको ‘हिरो’ फिल्मले अन्तर्राष्ट्रियस्तरमा राम्रो कमाई गरेको थियो। संसारभरको बक्सअफिसमा यसले प्रभाव जनाएको थियो,’ उनले भने।

महोत्सवमा दाँते लामको ‘अपरेसन मेकङ’, जँ ज्याक्युज अनौदको ‘वुल्फ टोटेम’, वंग्कार वाईको ‘द ग्राण्डमास्टर’, लेस्त चेनको ‘ब्याटल अफ मेमोरिज’, हान यानको ‘गो अवे मिस्टर ट्युमर’ र हाइ चोङको ‘रनिङ लाईक विन्ड’ फिल्म प्रदर्शन भइरहेका छन्। तीन दिन चल्ने महोत्सवअन्तर्गत ­­­हरेक दिन दुई वटा फिल्म प्रदर्शन भइरहेको जानकारी आयोजकले दिएको थियो। महोत्सव आगामी असोज २ सम्म चल्नेछ।

Leave A Comment