स्वस्थ भान्छाका लागि

आइतबार, २३ साउन २०७३, ११ : ४५ शुक्रवार , Kathmandu
स्वस्थ भान्छाका लागि

– खाना पकाउनुअघि साबुनपानीले हात धुने । नपकाएको माछा–मासु छोएपछि पनि साबुनपानीले हात धुने । यसो गर्दा खानामा जीवाणु पस्न पाउँदैन ।
– खाना पकाउँदा एप्रोन लगाउने ।
– रुघा लागेको छ अथवा नाक बगिरहेको छ भने खाना पकाइरहेको बेला हातले कुनै पनि खाद्य सामग्री नछुने ।
– मासु काट्न बेग्लै चपिङ बोर्ड प्रयोग गर्ने । नपकाएको मासुमा जीवाणु हुन्छन् र एउटै चपिङ बोर्ड प्रयोग भएमा यस्ता जीवाणु चपिङ बोर्डमा काटिने सलाद लगायतमा पस्न पुग्छन् ।
– बजारमा पाइने तरकारी र फलफूलमा विषादि बढी प्रयोग हुने गरेको पाइएकाले पकाउनुअघि÷खानुअघि तरकारी र फलफूललाई नुन तथा भिनेगर हालेको मनतातो पानीमा दुई घण्टाजति भिजाउने । यसरी भिजाएको फलफूल तथा तरकारी चिसो पानीमा पखालेर काट्ने गर्नाले विषादिको प्रभाव कम हुन्छ ।  
– हात ओभानो राख्न भान्छामा राखिने तौलिया दिनदिनै धुने । खास गरी माछा–मासु समातेको हात पुछ्न प्रयोग गर्ने गरेको तौलिया तातो पानीमा धुने । यसो गर्नाले तौलियाबाट जीवाणु सर्न पाउँदैन ।
– तरकारी, फलफूल तथा माछामासु ताजा राख्न फ्रिज प्रयोग गरिन्छ । यसरी राखिएका सामग्रीले फ्रिजभित्रै जीवाणुका अवशेष छोड्ने भएकाले सफा गर्ने ।

Leave A Comment