अमरको ‘गुलाबी उमेर’

शुक्रबार, ०३ असोज २०७६, ११ : ०९ शुक्रवार
अमरको ‘गुलाबी उमेर’

लेखक अमर न्यौपानेको चौथो कृति ‘गुलाबी उमेर’ बजारमा आएको छ। उनले चौथो पुस्तकमा एउटी किशोरीको हुर्कँदो उमेरको कथा पस्किएका छन्। जहाँ बाल्यकालबाट किशोर अवस्थामा प्रवेश गर्दा एउटी किशोरीमा देखापर्ने मानसिक तथा शारीरिक परिवर्तन र उतारचढावको कथा बुनिएको छ।

लेखक न्यौपानेले आफूले १२ वर्षसम्म पढाउँदा किताबको कुरा पढाएको र किताबकै गृहकार्य दिए पनि विद्यार्थीले भने आफूलाई जीवनको कुरा पढाएर जीवनकै गृहकार्य दिएको बताए। उनले भने, ‘मैले भनेर गृहकार्य दिएँ, उनीहरुले नभनेरै गृहकार्य दिए। यो उपन्यास विद्यार्थीले दिएको त्यही गृहकार्य हो।’

उनले पानीको घाम, सेतो धर्ती र करोडौं कस्तुरी पुस्तक लेखिसकेका छन्। सेतो धर्तीले मदन पुरस्कार पाएको थियो।

Leave A Comment