आइफा अवार्ड : कास्मिरी थ्रिलर ‘राजी’ उत्कृष्ट

शुक्रबार, ०३ असोज २०७६, १२ : ३६ शुक्रवार
आइफा अवार्ड : कास्मिरी थ्रिलर ‘राजी’ उत्कृष्ट

संसारका विभिन्न देशमा पुगोजना हुने ‘इन्टरनेसनल इन्डियन फिल्म अवार्ड ९आइफा० – २०१९’, यसपटक भारतमा सम्पन्न भएको छ। गत असारमा प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालमा ‘आइफा अवार्ड’ नगर्न नेपाल सरकारलाई निर्देशन दिएपछि पहिलो पटक भारतमा सो अवार्ड आयोजना गरिएको थियो।

विभिन्न सांगीतिक प्रस्तुतिसहित आयोजना भएको अवार्डमा कास्मिरी कथावस्तुमा आधारित थ्रिलर फिल्म ‘राजी’ ले उत्कृष्ट फिल्म र सो फिल्ममा अभिनय गर्ने आलिया भट्टले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन्। ‘राजी’ बाट अभिनेत्री भट्टले यसअघि फिल्मफेयर, स्क्रिन र जी सिने अवार्ड्स जितिसकेकी छिन्। सन् १९को भारत र पाकिस्तान युद्धको दौरान एक कस्मिरी युवतीले भोगेको वास्तविक कथामा सो फिल्म आधारित रहेको थियो।

फिल्म सुटिङको दौरान हिन्दू समूहबाट विरोध खेपेको ऐतिहासिक एक्सन फिल्म ‘पद्मावत’ मा निर्वाह गरेको भूमिकाको निम्ति रणवीर सिंहले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए। अवार्ड समारोहमा ‘पद्मावत’ फिल्मले खेप्नु परेको विवादको चर्चा भने गरिएन्। यसअघि पौराणिक भारतकी रानी पद्यावतीलाई गलत अर्थमा फिल्ममा प्रस्तुत गरिएको दाबी हिन्दू कट्टरपन्थीहरुले गरेका थिए। उनीहरूले फिल्म सुटिङको दौरान सेट तोडफोड गर्नुका साथै निर्देशक संजयलीला भन्सालीलाई हमला गरेका थिए। त्यसबाहेक फिल्मकी अभिनेत्री दीपिका पादुकोणलाई धम्की दिएका थिए। भारतको सेन्सर बोर्डले नाम परिवर्तनको सुझाव दिएपछि ढिला गरेर फिल्म सन् २०१८ मा रिलिज गरिएको थियो। ‘यो एक चमत्कार हो र यसमा अभिनेताको रूपमा काम गर्न पाउनु आशीर्वाद पाएजस्तो हो। मलाई मन पर्ने काम गर्नु पाउनु मेरो लागि उपहार हो,’ उनले भने।

श्रीराम राघवनले ‘अन्धाधुन’ फिल्मका लागि उत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए। त्यस्तै ‘अन्धाधुन’ का लागि श्रीराम राघवन, पूजा श्रुति, अरिजित विश्वास, योगेश चन्देकर र हेमन्त रावले उत्कृष्ट कथाको अवार्ड जिते। ‘पद्यमावत’ फिल्मबाट अभिनेत्री अदिति राव हैदरीले उत्कृष्ट सह–अभिनेत्रीको अवार्ड जितेकी थिइन् भने अभिनेता विक्की कौशलले सन्जु फिल्मबाट उत्कृष्ट सह–अभिनेताको अवार्ड जितेका थिए। यसअघि आइफा अवार्ड लन्डन, टोरन्टो, सिंगापुर र बैंककलगायत देशमा आयोजना भइसकेको थियो। समारोहमा बलिउड अभिनेता सलमान खान, कट्रिना कैफ, सारा अलि खान र माधुरी दीक्षितलगायतका कलाकारले प्रस्तुति दिएका थिए।

समारोहमा अभिनेत्री सारा अलि खानले केदारनाथ फिल्मबाट नीको अवार्ड जितेकी थिइन्। त्यस्तै इसान खट्टरले धडकका लागि बाट नवअभिनेताको अवार्ड जिते। दीपिका पादुकोण पछिल्लो २० वर्षको उत्कृष्ट अभिनेत्री र रणवीर सिंह पछिल्लो २० वर्षको उत्कृष्ट अभिनेता घोषित हुँदै अवार्ड जितेका थिए। त्यस्तै कहोना प्यार हे फिल्मले पछिल्लो २० वर्षको उत्कृष्ट फिल्म, राजकुमार हिरानीले पछिल्लो २० वर्षको उत्कृष्ट निर्देशक र प्रितमले पछिल्लो २० वर्षको उत्कृष्ट संगीतको अवार्ड प्राप्त गरेका थिए।

Leave A Comment