लोक स्टारबाट मुना आउट

शुक्रबार, ०३ असोज २०७६, ०१ : ५७ शुक्रवार
लोक स्टारबाट मुना आउट

नेपाल लोकस्टारको २३ र २४ एपिसोडमा नौ जना प्रतिस्पर्धीमध्ये एक जना प्रतियोगिता बाहिरिएका छन्। मुना अर्याल प्रतिष्पर्धाबाट बाहिरिएकी हुन्।

२३ औँ एपिसोडमा लोकस्टारको विशेष अतिथिमा गायक राजु परियार उपस्थित थिए। यस एसिपोडमा नौ जनाले प्रस्तुति दिएका थिए। लोकस्टारका लागि स्पर्धा गरिरहेका सनी विश्वकर्मा, मुना अर्याल, पविन्द्र सुनार, दीपेन्द्र राई, रविराज शाह, रामकुमार नेपाली, प्रभुराज शाह, विनोद दनुवार र चेतन गौतमको  प्रस्तुतिले कार्यक्रम रोचक बनेको थियो।

२४ औँ एपिसोडमा भने गायक भगवान भण्डारी प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए। अमेरिका बस्दै आएका भण्डारी नेपाल आएका बेला विशेष अतिथिका रुपमा सहभागी गराइएको थियो।  
यस एपिसोडमा एलिमिनेसनमा आएर प्रतिस्पर्धा गरिरहेकी मुना अर्याल आउट भएकी छन्। उनी प्राप्त मतका आधारमा आउट भएकी हुन्।

Leave A Comment