श्रीयोगले रोजगारी दिने

शनिबार, ०४ असोज २०७६, ०१ : ३१ शुक्रवार
श्रीयोगले रोजगारी दिने

अनलाइनबाटै रोजगारीको अवसर उपलब्ध गराउने लक्ष्यसहित श्रीयोग डटकम सञ्चालनमा आएको छ। पार्ट टाइम काम गर्न चाहनेहरु लक्षित गरेर रोजगारीमूलक अनलाइन ल्याइएको श्रीयोग कन्सल्टिङ प्रालिले जनाएको छ।

डिजिटल प्लेटफर्मकोे प्रमुख उद्देश्य बेरोजगारी समस्याले अल्मलिइरहेका जनशक्तिहरुमा रहेको सीप तथा अनुभवलाई उचित ढंगबाट प्रयोगमा ल्याई उनीहरुका लागि आम्दानीको बाटो सिर्जना गर्नु रहेको कम्पनीले जनाएको छ।

डिजिटल प्लेटफर्ममा विभिन्न १८ वटा मुख्य समूह, १ सय ५० भन्दा बढी उप–समूह र ती पेशासँग सम्बन्धित व्यक्तिहरुको नाम, सम्पर्क नम्बर तथा ठेगाना, प्रोफाइल फिचर, नजिकको लोकेसनमा देखिने–नदेखिने बनाउन सक्ने, रेटिङ, रिभ्यु, शुल्क, अफर, कामका लागि उपलब्ध भएको, नभएको जानकारी समूहअनुसार राखिएको छ। अनलाइनमार्फत रोजगारी चाहने व्यक्तिले साइटमा गएर आफ्नो विवरण दर्ता गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ।

Leave A Comment