ज्योतिको जलन

शनिबार, ०४ असोज २०७६, ०२ : ४४ शुक्रवार
ज्योतिको जलन

फिल्म 'पासवर्ड'को प्रिमियरका लागि  हालै अभिनेत्री सन्नी लियोनी नेपाल आइन्। उक्त नेपाली फिल्ममा उनको आइटम डान्स समावेश थियो। त्यसैले फिल्म निर्माण टिमसँगै फिल्म हेर्न उनी प्रिमियरमा उपस्थित भइन्। तर, नेपाली गायिका ज्योति मगरलाई सन्नी प्रति देखाएको पाउना  सत्कारले बढो मन पोलेछ। सन्नीको स्वागतमा रेड कार्पेट बिच्छाइएको थियो। उनको स्वागतमा लाखे नृत्य  समेत थियो।

त्यसैले सहनै नसकेर हाेला ज्याेतिले फेसबुकमा स्ट्याटस नै लेखिन् ‘गोकुल बाँस्कोटाले बन्द गराएको इन्टरनेट साइटहरुको हिरोइन नेपाल आएको रैछ। पञ्चकन्या र लाखे नाचले स्वागत। अनि नेपालको पत्रकारहरु ज्योति मगरलाई भल्गर भन्दै न्यूज लेख्नुहुन्छ’ । स्टाटसले ज्योती पनि सन्नीलाई जस्तै सम्मान चाहन्छिन्। तर खै त यहाँको पत्रकारले ज्योतीलाई लाखे नाचसहित स्वागत गरेको?

Leave A Comment