‘मिस युज हुने धेरै चान्स छ’

सोमबार, ०६ असोज २०७६, १० : ४८ शुक्रवार
‘मिस युज हुने धेरै चान्स छ’

पाश्र्व गायनमा मीठो स्वरकै कारण चर्चा बटुलिरहेकी गायिका हुन् जीना रसाइली। ६ वर्षदेखि पाश्र्व गायनमा सक्रिय जीना पछिल्लो समयको ‘नाईँ नभन्नु ल २’को ‘यी आँखामा तिमी छौ’ बोलको गीतले चर्चामा आइन्। ४० भन्दा बढी गीतमा स्वर दिइसकेकी रसाइलीसँग उनको गायनयात्रा र नेपाली पाश्र्व गायनबारे केन्द्रित भएर शुक्रवारकर्मी रीना मोक्तानले गरेको अन्तरंगः

अहिले केमा व्यस्त हो ?
एउटा डान्सिङ नम्बरको गीतको तयारीमा छु। केही गीतको अफर पनि आइरहेको छ। त्यसलाई पनि मिलाएर अघि बढ्दै छु।

तपाईँलाई चिनाएको गीत ‘यी आँखामा तिमी छौ’ भन्ने नै हो नि ?
हो, मलाई चिनाएको अनि दर्शक स्रोताको मन मुटुमा बस्न सफल गीत यही हो। यो गीत गाउन पाउनु भाग्यमानी नै सम्झन्छु। मेरो लाइफको टर्निङ प्वाइन्ट ल्याउने गीत नै यही हो।

‘यी आँखामा तिमी छौ’ बोलको गीत गायिका मेलिना राईको स्वरमा पनि छ। स्रोता कतिको झुक्किन्छन् ?
यो गीत ४ वटा भर्सनमा निस्केको छ। एउटै शब्दमा मेलिना, स्वरुप आचार्य, प्रेम परियार भाइले पनि गाउनु भएको थियो। अब मेलिनाले गाएको गीत समावेश फिल्म भर्खरै रिलिज भएर होला, त्यतिखेर ‘नाईँ नभन्नु ल२’को सबै गीत रजिना रिमाल गाउनु भएको थियो। अनि सुरुमा त मैले गाएको ‘यी आँखामा तिमी छौं’ पनि रजिना रिमाल भनेर युट्युबमा राख्नु भएछ। त्यस्तो भएपछि स्रोता झुक्किनु भयो। आफूले गाएको गीत प्यारो लाग्दोरहेछ। अरुको नाम राख्दा अलिकति अन्याय भयो कि जस्तो पनि लाग्यो। मैले सच्याउन अनुरोध गरेँ। पछि त्यो सच्याएर आयो। अहिले युट्युबमा यो गीत मेरै नाममा छ।

यो गीतको अफर कसरी आएको थियो ?
त्यो बेलामा म पढ्न भनेर भर्खर पाँचथरबाट काठमाडौं आएकी थिएँ। यति राम्रो गीतको अफर आउँछ होला भन्ने त टाढाकै सपना थियो। तर फिल्म युनिटसँग मेरो एकजना आफन्तको चिनाजानी रहेछ। उहाँले नै मेरोबारे फिल्म युनिटसँग कुरा गर्नु भएछ। अनि मैले गीत गाउन पाएँ।

गीत गाउँदाको अनुभव ?
धेरै मिहिनेत गर्नुप-यो। एकैपल्टमा ओके भएको हैन। गीतको भावलाई समातेर गाउन केही दिन लाग्यो।

फिल्म ‘साइनो’को टाइटल गीत त त्यति चर्चामा आएन है ?
‘साइनो’को टाइटल गीत म आफैँलाई पनि धेरै मन परेको हो। यसमा तामाङ भाषाका केही शब्द पनि छन्। नयाँ एक्सपेरिमेन्टसहित यो गीत तयार पारिएको हो। प्रताप दास भाइसँग गाउन पाएँ। तर खै सोचे जस्तो चलेन। तर गीत त मिठो छ।

आफूले स्वर दिएको गीतमा कलाकारको अभिनय देख्दा कस्तो लाग्छ ?
एकदमै गर्व लाग्छ नि !

‘बितेका पल’ फिल्मको ‘यो जुनीको जीवनसाथी’लाई दर्शकले रुचाइदिनु भयो है ?
हो। त्यो मेरो पहिलो गीत हो। त्यो बेलामा मैले संगीतको एउटा पनि कक्षा लिएकी थिइनँ। हार्मोनियम र स्टुडियो पनि देखेकी थिइनँ तर केही दिनको होमवर्क पछाडि स्टुडियोमा गएर गीत गाउन सकेँ। गीतमा केकी अधिकारीको लागि स्वर दिएकी थिएँ। त्यो जीवनकै राम्रो सुरुवात थियो जस्तो लाग्यो मलाई।

निर्माता राजेश घतानीले तपाईँलाई फिल्मको गीतमा ब्रेक दिनुभएको होइन ?
त्यो बेलामा म गाउन सक्छु भन्नसक्ने अवस्थामा थिइनँ। उहाँले रेकर्ड हुने तयारीमा रहेको गीत गाउने अवसर दिनुभएको हो। मलाई संगीत क्षेत्रमा उहाँले निकै साथ दिनुभयो। अहिले पनि त्यो गीतलाई दर्शकले रुचाइदिनुहुन्छ। धेरैले त्यो गीतमाथि कभर पनि गर्नु भएको देख्दा धेरै खुशी लाग्छ।

सुरुमा नानी तिम्रो स्वर मीठो लाग्यो भनेर भेट्न बोलाउने अनि पछि यता घुम्न जाउँ, उता घुम्न जाउँ भन्ने, गलत तरिकाले प्रस्तुत हुनेहरु पनि छन्। कसैलाई त्यो कुरा स्वीकार्य हुन्छ होला तर धेरैलाई त हुँदैन नि ! हैन ?

घतानी तपाईंको श्रीमान् हो है ?
अँ।

संख्यात्मक हिसाबले तपाईँका गीत कम छन्। किन ?
यही क्षेत्रमा लागेर पैसा नै कमाउँछु भनेर अहिलेसम्म यो क्षेत्रलाई लिन सकेकी छैन। त्यसैले जस्तो प्रस्ताव पनि स्वीकार गर्नुभन्दा गीतहरु छानेर मात्र गाउँछु। अहिलेसम्म म्युजिकलाई व्यवसायको रुपमा सोचेकी छैन।

किन ?
यो फिल्डलाई नजिकबाट चिनेको छु। नजिकबाट नियालेको छु। म अहिले पनि सिक्ने चरणमै छु। परिपक्व हुन अझै समय लाग्छ। त्यसैले अहिले नै आएको जति सबै गाउन मन लाग्दैन।

यो क्षेत्रमा व्यावसायिकता देख्नु भएन कि अर्कै कुराको डर हो ?
अहिले म सिक्नमै व्यस्त छु। अर्कोतिर म अर्को बिजनेसमा पनि संलग्न छु। बिजनेसबाट निस्किएको समय संगीतमा लगाइरहेकी हुँ। यो फिल्ड जति बुझ्दै गयो, त्यति नै गहिरो छ। यसैमा मात्र निर्भर भयो भने दुःख पाइन्छ कि जस्तो लाग्छ।

यो क्षेत्रमा चुनौती के–के देख्नुभयो त ?
यो फिल्डको आफ्नै दुःख र संघर्ष छ। संघर्ष सबैको हुन्छ तर विशेष गरी महिलाले त डबल स्ट्रगल गर्नुपर्छ।

गलत नियतले भेटौं न भन्नेलाई म सिधै इग्नोर गर्छु (हाँस्दै)। सरी भ्याउँदिन भन्दिन्छु। असल प्रशंसकको सम्मान गर्छु। गीत सुनेर म्यासेज गर्नु भएका कति फ्यानहरु मेरो साथी नै बन्नु भएको पनि छ।  

डबल स्ट्रगल भन्नाले ?
म महिला भएकाले टाढैबाट महसुस गर्ने र गरेको कुरा हो, गलत माध्यमबाट गएर मलाई गीत दिनुस्, काम गरुँ, अनि गलत रुपमा प्रयोग हुने देखेकी छु। त्यस्तो गलत तरिकाले उपयोग भएर काम गर्ने मन छैन। पहिला आफ्नो क्षमता बनाउँ भन्ने लाग्छ। सायद त्यही भएर यो फिल्डमा मेरो सक्रियता अलि कम देखिएको हो। संगीतकर्मीहरुको अगाडि ग्ल्यामर्स छवि देखाएर गीत माग्नु भन्दा आफ्नै प्रतिभाले अगाडि बढ्ने मन छ मलाई। सबै महिला शोषित हुन चाहँदैनन्। एउटा करियरको पनि सवाल हुन्छ। यो समाजमा महिलाले खुलेर बोल्ने वातावरण पनि छैन। सहेर बस्ने धेरै महिला गायिकाहरु धेरै हुनुहुन्छ। क्षमता नभएका गायक, गायिका एउटा सजिलो माध्यमबाट अघि बढिरहेका पनि छन् तर सबैले यस्तो गरेका छन् भन्न खोजेको होइन। त्यस्तो जमात पनि छ नेपालमा भन्न खोजेकी हुँ। मिस युज हुने धेरै चान्स छ।

अलि चपाएर कुरा गर्नुभयो। संगीतकर्मीले प्रतिभा नभएकालाई चान्स मार्न खोज्छन्, त्यसैले पहिला सक्षम भएर मात्र यो क्षेत्रमा आउनुस् भन्न खोजेको हो ?
यो क्षेत्रमा सबैजना गलत प्रवृत्तिकै हुनुहुन्छ भनेर म भन्दिनँ। कसैलाई क्षमतावान् गायक/गायिकाको कदर पनि छ। क्षमता हेरेर कामको अफर गर्नेहरु पनि हुनुहुन्छ। गीत गाउन दिन्छु, त्यसबापत केही चाहिन्छ नि भनेर गलत प्रस्ताव राख्ने जमात पनि छन्। खराब नियत राख्नेहरु पनि छन्। तर म कहिले पनि त्यो रुपमा अघि बढ्न चाहिनँ। मेरो आफ्नै सिद्धान्त छ। कति गायिकाले सुनाउनु पनि भएको छ। त्यस्ता कुरा सुन्दा चित्त दुख्छ। संगीतकारले बाहिरी सुन्दरता हेर्ने कि गायन कला ? गाउने क्षमता नै छैन भने संगीतकारले बोकेर कतिञ्जेल हिँड्न सकिन्छ र !

यस्तो गम्भीर विषयलाई एकदम जोखेर बोल्नु भयो। को–को हुन् त्यस्ता सङ्गीतकर्मी ? खुलेर बोल्न सकिन्न र ?
कोही गायिका पनि खुलेर बोल्न चाहँदैन यो विषयमा। अब बोल्यो भने करियर नै दाउमा पर्छ। त्यसैले धेरै चुप नै छन्। मैले आफैँले फेस गरेकी भने छैन। साथीहरुले यस्तो–यस्तो भयो भनेर सुनाउँछन्। फलानो–फलानोले यस्तो नराम्रो तरिकाले बोल्यो भनेर सुनाउँछन्। मलाई लाग्छ, हरेक गायिकाको भोगाई यो क्षेत्रमा त्यति मीठो छैन। तीतो यथार्थ छ। कतिले खुलेर बोल्दैन। कति राम्रा गायिकाहरु यस्तै तीतो व्यवहार सामना गर्न नसकेर पलायन हुने गर्छन्।

के गर्छन् ? अलि खुलाइदिनु न !
सुरुमा नानी तिम्रो स्वर मीठो लाग्यो भनेर भेट्न बोलाउने अनि पछि यता घुम्न जाउँ, उता घुम्न जाउँ भन्ने, गलत तरिकाले प्रस्तुत हुनेहरु पनि छन्। कसैलाई त्यो कुरा स्वीकार्य हुन्छ होला तर धेरैलाई त हुँदैन नि ! हैन ?

यस्तो गलत व्यवहार बेहोर्ने गायिकाहरु टन्नै हुनुहुन्छ होला, है ?
पक्कै पनि छन्। यो क्षेत्रमा धेरै समयदेखि दुःख गर्दै आएको समूह पनि छ तर उहाँहरुको कदर छैन। यहाँ कति रातारात हाइलाइट भइरहेका छन्। यो फिल्डको तीतो यथार्थ लुकिनै रहेको छ। गायिकाहरु खुलेर बोल्नै सक्दैनन्। सबैले म्युजिकलाई एउटा बिजनेस गर्ने माध्यम बनाउनु भएको छ। म्युजिक एउटा भावनासँग सम्बन्धित कुरा पनि हो भन्ने बुझेको भए यस्तो मिस युज कम हुन्थ्यो कि !

त्यस्ता संगीतकर्मीसँग तपाईको पनि भेट त भयो होला नि ?
म रातारात चर्चा कमाउने कुरामा विश्वास गर्दिनँ। एउटा बाटो बन्द भए अर्को बाटो पनि हुन्छ। मैले पहिला नै भनेँ, मैले अहिले नै यसलाई व्यावसायिक रुपमै लिने सोचेकी छैन। यसमै मात्र लाग्छु भनेर लागेको भए त्यस्ता चुनौती सामना गरेर हिँड्थेँ होला। सबैको आफ्नो सम्मान र स्वाभिमान हुन्छ। अहिलेसम्म भेटिएकाहरुले सम्मान गरेरै बोल्नुभएको छ। केही म्यासेज आउँछन् तर म ब्लक गरिदिन्छु। कसैले कामको अफरसँगै अन्य व्यवहार गर्छ भने म गिर्न सक्दिनँ। अरु गायिकाको कुरा म भन्न सक्दिनँ।

फिल्ममा गायनसँगै अभिनयको अफर आएन ?
अँ, साइड हिरोइनको लागि १/२ वटा अफर त आएको हो (हाँस्दै)। तर, मेरो इच्छा गायन हो, अभिनय हैन। केही नसिकी हावाको भरमा जाने कुरा पनि भएन।

फ्यानमा त पुरुषहरु नै बढी होलान् हैन ?
फ्यानहरु हुनुहुन्छ। दुवै बराबरै होलान्।

फ्यानहरुले पनि दुव्र्यवहार गर्ने गरेको सुनिन्छ। यसमा तपाईको अनुभव ?
गलत नियतले भेटौं न भन्नेलाई म सिधै इग्नोर गर्छु (हाँस्दै)। सरी भ्याउँदिन भन्दिन्छु। असल प्रशंसकको सम्मान गर्छु। गीत सुनेर म्यासेज गर्नु भएका कति फ्यानहरु मेरो साथी नै बन्नु भएको पनि छ।  

अहिलेको गीत/संगीतको ट्रेन्डबारे तपाईको धारणा ?
अनावश्यक शब्द राखेका गीतहरु बजारमा आइरहेका छन्। भाइरल हुन दुईअर्थी शब्दको प्रयोग भइरहेको छ। यसले समाजलाई सकारात्मक प्रभाव पार्दैन। गीतले पनि समाजमा परिवर्तन ल्याउन सक्छ तर समाजमा गलत सन्देश दिने, परिवारसँग बसेर सुन्न पनि नसकिने गीत गाउनु आफ्नै बदनाम गर्नु हो।

Leave A Comment