करकाप हैन सहमतीमा सम्बन्ध

मङ्गलबार, ०७ असोज २०७६, १२ : ४४ डा. दिनेश बाँस्ताेला
करकाप हैन सहमतीमा सम्बन्ध

यस अगाडिको अंकमा हामीले रजश्वलापूर्वको यौन सम्बन्धबारे चर्चा ग-र्यौ। यो अंकमा रजश्वला अगाडिको यौन व्यवस्थापनबारे उल्लेख गरिएको छ।

रजश्वला हुनुभन्दा अगाडि योनि चिलाउने तथा यौन सम्पर्क गर्न मन लाग्ने लक्षण देखिन सक्छ। यस्तो अवस्थामा  पुरुष यौन जोडीले इच्छाबमोजिम यौन सम्पर्क गरेर सन्तुष्टि दिनु उचित हुन्छ। यस्तो अवस्थामा यौन सम्पर्क गर्ने वा नगर्ने, चाहना छ वा छैन भन्ने विषय भने महिलामै भर पर्छ। त्यसैले पुरुष यौन जोडीले महिला यौन जोडीले यौन सम्पर्कका लागि चाहना गरेकी छिन् वा छैनन् भन्ने निक्र्योल गर्न आवश्यक हुन्छ।

यौन सम्पर्क गर्दा उनी खुसी हुन्छिन् भने त्यसमा पुरुष यौन जोडीले साथ दिनु उचित हुन्छ। समस्यामा परेकी महिलासँग पुरुष यौन जोडीको चाहनामा मात्रै यौन सम्पर्क गर्दा थप समस्या निम्तिने जोखिम हुन्छ। यसमा पुरुष यौन जोडी सजग हुन आवश्यक छ।

रजश्वलापूर्वको सामान्य किसिमका लक्षण व्यवस्थापन गर्न नसक्दा समस्या बढ्दै जान्छ। त्यसैले महिलाका असामान्य बानी व्यवहार रजश्वलापूर्वको कारण हो भन्ने यौन जोडी, परिवारलगायतले बुझ्न आवश्यक छ।

कारण
समस्याको लक्षण पुख्र्यौली (वंशाणु), आणुवंशिक कारणले हुने वैज्ञानिक विश्लेषण छ। मुख्यतः वंशाणु तथा आणुवंशिक कारण समस्या देखिन्छ। आमालाई रजश्वलापूर्व समस्याका लक्षण देखिएको अवस्थामा छोरीमा ७० प्रतिशत समस्याको लक्षण देखिन्छ। आमामा लक्षण नदेखिए पनि विभिन्न वातावरणलगायतका कारण ६३ प्रतिशत छोरीमा लक्षण देखिन सक्छ। उमेर पाको हुँदै जाँदा रजश्वला अघि हुने समस्या कडा हुँदै जान्छन्।

रजश्वलापूर्वका लक्षण पहिलो रजश्वलादेखि सुरु भएर अन्तिम रजश्वला हुँदासम्म देखिन्छ। सामान्यतः १२ वर्ष देखि ५० वर्षसम्मको उमेर समूहका महिलामा रजश्वला हुन्छ। रजश्वला नरोकिउञ्जेल रजश्वला हुनुभन्दा केही दिनअघि समस्याका लक्षण देखिन सक्छ।

समस्याको पहिचान गरी बहु विषयका विशेषज्ञहरुको समूहले सन् २००८ मा सम्मेलन ग¥यो। जसले रजश्वलापूर्वका लक्षणको हालको परिभाषा र निदानको उपाय निर्धारण गरियो। सम्मेलनले रजश्वलापूर्व असामान्य अस्तव्यस्त अवस्था हुन्छ भन्ने निक्र्योल ग-यो।

विज्ञको समूहले रजश्वलापूर्वका लक्षणलाई दुई भागमा बाँडेका छन्। एउटा गुदि (कोर) रजश्वलापूर्व अस्तव्यस्त र अर्को, भिन्न रजश्वलापूर्व अस्तव्यस्त।

गुदी रजश्वलापूर्वको अस्तव्यस्ततामा लक्षण निश्चित हुन्न। यसमा कहिले हातखुट्टा झम्झमाउने, कहिले टाउको दुख्ने, कहिले कान चिलाएको भ्रम हुने, कानमा कीरा हिँडेको जस्तो लाग्ने जस्ता लक्षण देखिन्छन्। भिन्न रजश्वलापूर्वको अस्तव्यस्ततामा भने यस्ता समस्याका लक्षण झन् बढ्छन्। चिकित्सकीय जाँचमा भने यस्ता समस्याका शारीरिक लक्षण देखिँदैनन्। महिला यौन जोडीमा यस्तो समस्या भएको अवस्थामा पुरुष यौन जोडीले सहजीकरणको भूमिका खेल्नुपर्छ। यौन सम्पर्ककै लागि लिप्त हुनुभन्दा यौन जोडीलाई कसरी सामान्य अवस्थामा फर्काउने भन्ने विषयमा आपसी सल्लाह तथा उचित परामर्श दिनु उपयुक्त हुन्छ। यस्तो अवस्थामा महिला असामान्य अवस्थामा समेत पुग्ने भएकाले पुरुष यौन जोडीले यौनका लागि प्रस्ताव गर्दा तथा यौन सम्पर्क गर्दा समस्या झन् जटिल हुन सक्छ।

यौन जोडीको भूमिका
यस्तो समस्या भएको अवस्थामा महिलाका लागि यौन सम्पर्क प्राथमिकतामा नपर्ने भएकाले त्यसमा पुरुष सजग हुनै प-यो। सामान्यतः महिलाले जीवनमा मनस्थिति र हर्मनको उतारचढावका कारण रजश्वला हुनुभन्दा अघि आफूलाई समस्याका लक्षण देखिएको विश्वास गर्छन्। प्रौढ अवस्थाका महिलाले भने आफ्नो प्रौढ अवस्था तथा पिर, व्यथा र रोगका कारणले समस्या भएको बुझ्छन्। यस्तो अवस्थामा पुरुष यौन जोडीले उचित सल्लाह दिन सकिन्छ।

संयमित समाधान
कतिपय महिलाले यस्तो असरबाट बच्नका लागि गर्भधारण गरी शिशु जन्माएर स्तनपान गराउने प्रवृत्तिसमेत देखिन्छ। गर्भधारण गर्दा तथा शिशुजन्मिएको केही महिनासम्म रजश्वला हुन्न। रजश्वला नहुँदा महिलामा रजश्वलापूर्व हुने समस्याका लक्षण पनि देखिने कुरै भएन। त्यसैले केही समयका लागि भए पनि रजश्वला हुनबाट बच्न गर्भधारण गरी शिशु जन्माउने उपाय अपनाउन सकिन्छ।

यस्ता लक्षण कम हुने भनेको गर्भवती तथा स्तनपानको समय र रजोवृत्ति (अन्तिम रजश्वला पछिको समय) हो। त्यसैले महिलाको स्वर्णिम समय भनेकै पहिलो रजश्वला सुरु हुनुभन्दा पहिले, गर्भवती, स्तनपानको समय र रजोवृत्तिपछिको समय हो।

महिलामा देखिने यस्ता समस्याका लक्षणको समाधानका लागि विशेषगरी घरका अन्य महिला सदस्य तथा यौन जोडीले चिकित्सकीय सल्लाह लिनका लागि प्रोत्साहन गर्नु तथा सुझाव दिनु उपयुक्त हुन्छ

रजश्वला नै दमन गर्ने तथा रोक्ने, लक्षण आउन नदिनेजस्ता औषधिको प्रयोग गर्नु उचित हैन। जथाभावी गरिने औषधिको प्रयोगले क्षणिक रुपमा समस्या समाधान भएपछि भविष्यमा त्यसले समस्या निम्तन सक्छ। हर्मनको उतारचढाव भई यौन जटिलता निम्तिन सक्छ। त्यसैले रजश्वला प्राकृतिक हुनु उचित हुन्छ ।

रजश्वलामा देखिने सामान्य समस्या अनावश्यक रुपमा औषधि प्रयोग गर्नाले समेत थप जटिल हुने जोखिम हुन्छ। सामान्य चिकित्सकीय शल्यक्रिया र प्रोजेस्टेरोन हर्मोनको उपचार गरे पनि लक्षण कम हुँदैन। त्यसैले यस्तो समस्या भए आत्तिइहाल्नु हुन्न।

रजश्वलापूर्वका समस्याका लक्षण प्राकृतिक चिकित्सकीय विधि, शल्यक्रिया, बाहिरबाट हर्मन दिएर तल्कालका लागि समाधान गरिने भएपनि पुनः समस्या बल्झिने जोखिम हुन्छ।

जसले दैनिक क्रियाकलापमा असर पुग्छ। मनोदशा बिग्रँदै जान्छ। यौन जीवनमा खटपट उत्पन्न हुन स्क्छ। यस्तो समस्याको स्थायी उपचार हुन्न। विशेष गरी पुरुष यौन जोडीले नै यस्तो समस्या भएकी महिला यौन जोडीको मनोभाव बुझी समाधानको उचित बाटो पहिल्याउन सकिन्छ। जसले सुखद् यौन जीवन बिताउन सहयोग पुग्छ। महिलामा यस्तो समस्या भएको अवस्थामा मानसिक रोग विशेषज्ञको परामर्श लिनु उचित हुन्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

 

Leave A Comment